अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

 लिम्बुवान खबर
                       

काठमाडाैं।  नेपालमा शनिबार थप ५ हजार ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे हरेक दिन काेराेना पाेजेटिभ थपिने संख्याकाे अहिलेसम्मकै उच्च हाे ।

पछिल्लाे २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएको थियाे । जसमा ५००८ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कूल संक्रमितकाे संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २२९ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त भइ घर फर्किनेको सङ्ख्या ७४ हजार २५२ पुगेको छ ।

हाल देशभर ३० हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ४ हजार ६८६ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...