गुगलद्वारा अढाइ सय एन्ड्रोइड एपमाथि प्रतिबन्ध

 एजेन्सी
                       

काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको पाएसँगै गुगलले ब्लक गरिदिएको हो ।

ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको हो ।

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश RAINBOWMIX ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् ।

स्मरण रहोस् उक्त ग्रुपका एपहरु हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन डेढ करोड प्रयोगकर्तासामु अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।

प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दु:ख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा RAINBOWMIX ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।

लामो समयदेखि गुगलका नियमहरु उल्लंघन गर्दै आएको उक्त ग्रुपका विषयमा विषयमा शोधकर्ताहरुले White Ops नामक संस्थाको सहयोगमा तथ्यहरुको खुलासा गरेका थिए । त्यससँगै गुगलले उक्त समूहका एपहरुमाथि कारबाही गरेको हो ।

वास्तवमा अनावश्यक एपहरुका कारण फोन प्रयोगकर्ताहरुलाई प्रयोगमा असहजता हुने मात्र होइन फोनको स्पीडमा पनि नकारात्मक असर पर्दछ । सोही कारण गुगलले यस्तो कदम चालेको हो ।

यद्यपि गुगल प्ले स्टोरमा यसअघि पनि समय समयमा अनेकौँ एपहरु ब्लक गर्ने वा पूर्णरुपमा प्रतिबन्ध लगाउने गरिएको छ । विज्ञहरुका अनुसार स्मार्टफोनमा एपहरु मार्फत हुने विज्ञापनिक ठगी निकै टड्कारो समस्याको रुपमा खडा हुँदै गएको छ ।

यसबाट प्रयोगकर्ताहरुलाई नोक्सानी पुग्ने र खतरनाक एपका कारण उपयोगी मोबाइल एपहरुमा समेत नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् ।

–एजेन्सी

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...