दमकमा थप तीन महिलासहित पाँच जना संक्रमित

 लिम्बुवान खबर
                       

झापा। दमकमा तीन महिलासहित पाँच कोरोना संक्रमित थपिएका छन् । सोमबार तीन महिलासहित थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितहरुमा वडा नं ५ र ८ का छन । दमकमा २८ देखि ५१ बर्ष उमेर समुहका नयाँ संक्रमित आज थपिएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा थपिएका सबै स्थानीय हुन । दमकमा संगै जिल्लाको भद्रपुरमा ४ र अर्जुनधारामा २ जना नयाँ संक्रमित गरि जिल्लामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका एक महिला तीन पुरुष, अर्जुनधाराका एक महिला एक पुरुष मध्ये एक जना बैंकका कर्मचारी र दुई जना अस्पतालका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

झापामा हालसम्म संक्रमितको संख्या ११२१ पुगेको छ । जसमा ८८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २२० जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...