दमकमा थप तीन महिलासहित पाँच जना संक्रमित

 लिम्बुवान खबर
                       

झापा। दमकमा तीन महिलासहित पाँच कोरोना संक्रमित थपिएका छन् । सोमबार तीन महिलासहित थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितहरुमा वडा नं ५ र ८ का छन । दमकमा २८ देखि ५१ बर्ष उमेर समुहका नयाँ संक्रमित आज थपिएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

दमकमा थपिएका सबै स्थानीय हुन । दमकमा संगै जिल्लाको भद्रपुरमा ४ र अर्जुनधारामा २ जना नयाँ संक्रमित गरि जिल्लामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका एक महिला तीन पुरुष, अर्जुनधाराका एक महिला एक पुरुष मध्ये एक जना बैंकका कर्मचारी र दुई जना अस्पतालका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

झापामा हालसम्म संक्रमितको संख्या ११२१ पुगेको छ । जसमा ८८९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २२० जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...