फाकफोकथुममा खुल्ला नकाउट फूटबल हुने

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुम, फूएतप्पा लिम्बुगाउँमा खुल्ला नकाउट फूटबल प्रतियोगिता हुने भएको छ ।

फूङ्वा यूवा क्लब फाकफोकथुमको आयोजनामा हुने उक्त प्रतियोगिता कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि खेल खेलाउने क्लबका संस्थापक दिपक योङ्हाङ्ले जनाएका छन् ।

आगामी कार्तिक २ गते देखि संचालन हुने उक्त खेल फूएतप्पाको चासोक तङ्नाम खेल मैदानमा हुने आयोजकले जनाएको छ । खेल्न इक्छुक टिमले कार्तिक १ गते सम्ममा सम्पर्क गर्न आयोजक समितिका संयोजक योङ्हाङ्ले बताएका छन् ।

उक्त फूटबल प्रतियोगिताको प्रथम पुरस्कार १० हजार, प्रमाणपत्र र मेडल त्यसैगरी दोस्रो हुनेले ५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...