कार्तिक २ गतेदेखि ६ गतेसम्म बिर्तामोड बन्द

 लिम्बुवान न्युज
                       

झापा। झापाको बिर्तामोड नगरपालिकाको कार्यालय कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएको कारण बिर्तामोड नगरपालिकाले कार्यालयबाट प्रदान गरिदैँ आएका सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् ।

‘नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिने निर्णय भएको प्रमुख शिवाकोटीले वताएका छन् । उनका अनुसार अत्यावश्यक ‘एम्बुलेन्स, दमकल जस्ता सेवा भने चालु रहने छन् । त्यस्तै, बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवाहरु भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाद्धारा विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि बिर्तामोड बजार भने खुल्ला रहने छ । किनमेलको क्रममा सुरक्षित र व्यवस्थित तरिकाले भौतिक दूरी कायम गरी सेवा प्रदान गर्नुपर्ने नगरको निर्णय छ । दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुनसक्ने भएकोले भिडभाड नहुने गरी आ–आफ्नाे परिवार भित्र नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्न तथा नगराउन नगरपालिकाको आग्रह छ ।

नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तजनको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्न नगरले अनुराेध गरेको छ । टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई आफ्नै घर भित्र मात्र सिमित राख्नु पर्ने जनाइएको छ । टीकाग्रहण गर्दा जेष्ठ नागरिक, बिरामी र बालबालिकालाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन लगायत कार्य नर्गन राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...