दमकका मेयर दम्पत्तिकाे स्वास्थ्यमा सुधार

 लिम्बुवान खबर
                       

दमक। झापाको दमक नगरपालिकाका मेयर दम्पतीको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाले जनाएकाे छ ।

मेयर रोमनाथ ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ भने उनकी पत्नी लिला (दिलमाया)लाई अहिले नर्मल वार्डमा सारिएको छ । न्युरो अस्पतालमा उपचाररत दुबैमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पारिवारिक स्राेतका अनुसार मेयर ओली भने सामान्य भइसकेका छन् । उनमा पखलाको समस्या थियो । यस्तै मेयर पत्नी लिलामा स्वाशप्रश्वासमा समस्या देखिएपछी दमकको आम्दा अस्पतालबाट न्युरो अस्पतालमा रेफर गरिएकाे थियो । एक हप्ता देखि उनीहरु न्युरोमा उपचाररत छन् । छाेरा अनिलका अनुसार आमाकाे श्वासप्रश्वासमा मात्रै समस्या देखिएको छ । यसले गर्दा छातिमा संक्रमण देखिएको बताए ।

पहिलाकाे भन्दा स्वास्थ्यमा धेरै सुधार भएको छ, अब छातिको संक्रमण चहीँ देखिएको र औषधी चलाइरहेको चिकित्सकले बताएका छन् । मेयरको परिवारका ३ जनामै संक्रमण देखिएको थियो । छोरा भने अहिले होम आइसोलेसनमा बसेका छन ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...