दमकका मेयर दम्पत्तिकाे स्वास्थ्यमा सुधार

 लिम्बुवान खबर
                       

दमक। झापाको दमक नगरपालिकाका मेयर दम्पतीको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाले जनाएकाे छ ।

मेयर रोमनाथ ओलीको स्वास्थ्य सामान्य बन्दै गएको छ भने उनकी पत्नी लिला (दिलमाया)लाई अहिले नर्मल वार्डमा सारिएको छ । न्युरो अस्पतालमा उपचाररत दुबैमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पारिवारिक स्राेतका अनुसार मेयर ओली भने सामान्य भइसकेका छन् । उनमा पखलाको समस्या थियो । यस्तै मेयर पत्नी लिलामा स्वाशप्रश्वासमा समस्या देखिएपछी दमकको आम्दा अस्पतालबाट न्युरो अस्पतालमा रेफर गरिएकाे थियो । एक हप्ता देखि उनीहरु न्युरोमा उपचाररत छन् । छाेरा अनिलका अनुसार आमाकाे श्वासप्रश्वासमा मात्रै समस्या देखिएको छ । यसले गर्दा छातिमा संक्रमण देखिएको बताए ।

पहिलाकाे भन्दा स्वास्थ्यमा धेरै सुधार भएको छ, अब छातिको संक्रमण चहीँ देखिएको र औषधी चलाइरहेको चिकित्सकले बताएका छन् । मेयरको परिवारका ३ जनामै संक्रमण देखिएको थियो । छोरा भने अहिले होम आइसोलेसनमा बसेका छन ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...