अभिषेक आबद्द मोहम्मेडन अपराजित रहदै आईलिगमा

,   लिम्बुवान न्युज
                       

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल आबद्द मोहम्मेडन स्पोर्टिङ क्लब आईलिग छनोटको च्याम्पियन बन्दै भारतको शीर्ष डिभिजनको लिग आईलिगमा बढुवा भएको छ ।

आईलिग छनोट अन्तर्गत अन्तिम खेलमा सोमबार बेंगलुरु एफसीसँग गोलरहित बराबरी खेल्दै मोहम्मेडन उपाधि सहित शीर्ष डिभिजनमा बढुवा भएको हो । मोहम्मेडन अपराजित समेत रह्यो ।

कल्याणी रंगशालामा भएको खेलमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् ।

Image may contain: 4 people, outdoor

मोहम्मेडन अन्तिम खेलमा पराजित भएको भएपनि शीर्ष डिभिजनमा बढुवा हुने पक्का रहेको थियो । यस अघिको खेलमा भवानीपूरलाई २–० गोल अन्तरले पराजित गरेसँगै मोहम्मेडनले बढुवा पक्का गरेको थियो ।

यस बराबरीसँगै मोहम्मेडनले ४ खेलबाट १० अंक जोड्यो ।

अभिषेक यसै सिजनका लागि मोहम्मेडनमा अनुबन्धित भएका थिए । अब उनले मोहम्मेडनबाट शीर्ष लिग समेत खेल्ने छन् । (एजेन्सी)

Image may contain: 11 people, people playing sports, stadium and outdoor, text that says '20 CHAMPION CHAMP'

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;