किरात जागरण गीत ‘यो धर्तिमा’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

माङसेबुङ । किरातीहरुको आस्थाको धरोहर इलाम माङ्सेबुङ्मा सक्रिय संस्था किरात साम्यो सक्थिमगेन मुजोत्लुङ पान्जुम्भोले किरत जागरण गीत ‘यो धर्तिमा’ भिडियो सार्वजनिक गरेको छ । यस संस्थाको गिती संग्रह ‘किरात स्पन्धन भाग–७’ मा संग्रहित किरात जागरण गीत ‘यो धर्तिमा’ भिडियोलाई आफ्नै यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

डिबी लिङदम ‘सेसेमी’ को शव्दलाई गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको गीत ‘यो धर्तिमा’ को भिडियो किरात साम्यो सक्थिमगेन पान्जुम्भोको आफैले निर्माण गरेको हो ।

लेखनाथ चेम्जोङ, आइन्द्र नेम्बाङ, अनिला आङदेम्बे, कौशिला खेवा, आइन्द्र थेगिम, बिरपन थेगिम, दिलिप माखिम, राजन बेघा र सुबास गुरुङ लगायत एक दर्जन गायकगायिकाहरुको कोरस आवज रहेको उक्त गीतको संगीत संयोजन तथा मिक्सिङ, मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

काव्या रेकर्डिङ स्टुडियो दमक, झापा र किङग् स्टुडियो काठमाण्डौमा रेकर्डिङ गरिएको गीतलाई सुजन श्रेष्ठले सम्पादन गरेका हुन् भने भिडियो छायाँकन अनिस लावतीको रहेको छ । यस भिडियोलाई माङ्सेबुङ्को किरात धार्मिक पर्यटकीय स्थलको विभिन्न स्थानमा छायाँकन गरिएको छ ।

भिडियाे ……

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;