सुर्खेतमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दुईदिने अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली सुर्खेतमा पुगेको जनाएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले आज सामाजिक सञ्जालमा सुर्खेतमा दुई दिने कार्यक्रममा सरिक हुन त्यहाँ पुगेको उल्लेख गरेका छन् ।

पुष १७ र १८ गते सुर्खेतमा दुई दिने प्रशिक्षण एवंम अन्तरक्रिया कार्यक्रम गरिने जनाइको छ । मञ्चका संघीय अध्यक्षले सामाजिक सञ्जालमा प्रदेश ६ सुर्खेतमा रहेका खस जातीका अगुवा व्यक्तित्वहरुसँग मञ्चको राजनैतिक एजेण्डामा छलफल हुने बताएका छन् ।

मञ्चले पछिल्लो समयमा १०+१ प्रान्तीय अवधारणा अनुसार सबै प्रान्तमा पुग्ने र आफ्नो पार्टीको राजनैतिक एजेण्डा बारे छलफल बहस गर्ने जनाइएको छ । उक्त अभियानले राष्ट्रिय राजनीतिमा मञ्चको दर्विलो उपस्थिति रहने सुर्खेत पुगेको कार्यदलका संघीय अर्थ संयोजक विष्णु यक्सोको जिकीर रहेको छ ।

उक्त संघीय अभियान टोलीमा मञ्चका संघीय सचिव शान्ता योङहाङ, इन्दीरा मेन्याङ्बो, अर्थसचिव दिपा लिम्बु, संघीय सदस्य चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, दलित शिल्पी मञ्चका महासचिव शर्मिला वाघचन्द लगायतका नेताहरु रहेका छन् ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...