मौलिक सांस्कृतिक च्याब्रुङ के बजाएर संसद विघटन विरुद्ध बिरोध गर्दै नागरिक सडकमा

,   लिम्बुवान न्युज
                       

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको बिरोधमा नागरिकहरु निरन्तर आन्दोलित रहेका छन । ओलीको संसद विघटनको विरोध गर्दै आज किरात लिम्बू जातीहरुले आफ्नौ मौलिक च्याब्रुङ् ‘के’ बजाएर आन्दोलनमा सहभागी भएका छन् ।

अहिले प्रत्येक दिन जाती संघ संस्था लगायत नागरिक समाज सबैले पालैसँग माइतीघरमा आन्दोलन जारी राखेका छन् । सोही अनुरुप शुक्रबार च्याब्रुङ (के) बाजासहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्र ओलीले स्वेच्छाचारी ढंगमा काम गरिरहेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । ओलीको ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’को ब्यानरमा माइतीघरमा प्रदर्शन निरन्तर हुने नागरिक आन्दोलनका संयोजन गरिरहेका युग पाठकले बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;