मौलिक सांस्कृतिक च्याब्रुङ के बजाएर संसद विघटन विरुद्ध बिरोध गर्दै नागरिक सडकमा

,   लिम्बुवान न्युज
                       

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको बिरोधमा नागरिकहरु निरन्तर आन्दोलित रहेका छन । ओलीको संसद विघटनको विरोध गर्दै आज किरात लिम्बू जातीहरुले आफ्नौ मौलिक च्याब्रुङ् ‘के’ बजाएर आन्दोलनमा सहभागी भएका छन् ।

अहिले प्रत्येक दिन जाती संघ संस्था लगायत नागरिक समाज सबैले पालैसँग माइतीघरमा आन्दोलन जारी राखेका छन् । सोही अनुरुप शुक्रबार च्याब्रुङ (के) बाजासहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्र ओलीले स्वेच्छाचारी ढंगमा काम गरिरहेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । ओलीको ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’को ब्यानरमा माइतीघरमा प्रदर्शन निरन्तर हुने नागरिक आन्दोलनका संयोजन गरिरहेका युग पाठकले बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;