धिमालहरुको छैठौं राष्ट्रिय महाधिवेशनको मन्त्री हिक्मत बहादुर कार्कीद्वारा उद्घाटन

 लिम्बुवान न्युज
                       

उर्लाबारी। मोरङ् उर्लाबारी दश विघेमा धिमाल जातीहरुको जातीय संस्था धिमाल जातीय विकास केन्द्रको छैटौं राष्ट्रिय महाधिवेशन आजबाट प्रारम्भ भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले गरेका हुन् ।

धिमाल जातीको पहिचान राष्ट्रको शान, धिमाल स्वायत्त क्षेत्र प्राप्ति हाम्रो अभियान मूल नारा दिईएको उक्त उद्घाटन शत्रमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरियाले जातीय संस्थाहरु बिचको आपसी एकतालाई मजबुत बनाउँदै लानु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई त्यसैगरी उर्लाबारी नगरका प्रमुख खड्ग फागोले समेत कार्यक्रमलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आजको उद्घाटन सत्र कार्यक्रममा विकास केन्द्रका सल्लाहकार संयोजक रामबहादुर धिमाल, सल्लाहकार मोहन धिमाल त्यसैगरी संस्थापक पृती धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तेजबहादुर धिमालको अध्यक्षता र महासचिव केदार धिमालको संचालनमा उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन सत्रकै दिन आज धिमाल युवा तथा खेलकुद मञ्चले रक्तदान कार्यक्रम समेत गरेको छ ।

तस्वीरः केदार धिमालकाे फेसबुकबाट

 

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...