प्रचण्ड–माधव नेकपाको दोस्रो चरणको आन्दोलन घोषणा

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रतिनिधि संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि औपचारिक रुपमा नेकपा फूटेसँगै सडकमा आएको प्रचण्ड–माधव समूहले दुई ठूला दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोनलमा जाने नजाने टुंगो नभएको बताएका छन् ।

तीन वटा दलले संयुक्त रुपमा आन्दोलन गर्ने अनौपचारिक छलफलहरु भईरहेता पनि औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको आन्दोलन संयोजक नारायणकाजीले बताए । यद्यपी आफ्नो तर्फबाट कार्यक्रम घोषणा भएको जनाएका छन् ।

ओली सरकारको प्रतिगमनको विरुद्ध गठित संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रचण्ड–माधव समूहको नेकपाले दोस्रो चरणको लागि घोषणा गरेको कार्यक्रमहरुः

  • पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
  • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
  • पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
  • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
  • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी
  • गलत कदम सच्याउन अनुरोध गर्ने ।
  • २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
  • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
  • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
  • ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
  • ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
  • १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली ।
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
  • २२ माघमा वडा तहमा मसाल जुलुस ।
  • २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...