मेचीनगरमा ५ दिने क्षमता अभिबृद्धी तथा शसक्तिकरण तालिम शुरु

 लिम्बुवान न्युज
                       

मेचीनगर। झापाको मेचीनगरमा क्षमता अभिमूखिकरण तथा शसक्तिकरण तालिमको उद्घाटन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर वडा नं. १२ ले आयोजना गरेको तालिम ५ दिनसम्म चल्ने बताइएको छ । उक्त कार्यक्रमको आज संचारकर्मी तथा आरजे भूमिका सुब्बाले सहजीकरण गरेकि थिइन् ।

स्थायी शान्तिको लागि जातिय सद्भाव कायम गरौ भन्ने नारा दिईए उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर १२ का जनप्रतिनिधि लिला कन्दङ्वा रहनुभएको थियो । विशेष अतिथिहरु स्थानीय वार्डका जनप्रतिनिधि कृष्ण माया बराइली, आदीवासी जनजाति महासंघ समन्वय परिषद मेचीनगरका अध्यक्ष ओम प्रकाश खापुङ, कियाचू मेची १२ का अध्यक्ष नन्दुभाइ मेन्याङ्बो, किरात राई यायोख्खाका अध्यक्ष गुण प्रसाद राई, मगर संघका मित्रपठ थापामगर, राजवंशी अध्यक्ष अमुल्य राजवंशी, तामाङ घेदुङ्का मिना लामा, मेचे सिवियारी संघका प्रतिनिधि पोक्ची देवी मेचे, थारु कल्याणकारीसभाका भोला चौधरी, सुनुवार अध्यक्ष पदम सुनुवार त्यसैगरी बल गुरुङ् तमु प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आदिवासी जनजाति महासंघका मेचीनगर १२ का अध्यक्ष ज्ञान बहादुर गुरुङ्को अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य परिषद सहसचिव मदिना धिमालले गरेकि थिइन् भने संचालन सचिव विनोद मेचेले गरेका थिए ।
कार्यक्रममा मेचीनगर वडा नं. १२ का ५० जना आदिवासी जनजातिहरुको सहभागीता रहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;