विरेन्द्रनगरमा संघीय मञ्चको दुईदिने अन्तरक्रिया सम्पन्न, प्रदेश ६ को संयोजकमा मोहन थापा मगर

 लिम्बुवान न्युज
                       

सुर्खेत। प्रदेश नं. ६ को सुर्खेत विरेन्द्र नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुई दिने राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत प्रदेश ६ मा राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा आगामी राजनीतिक एजेण्डा माथि मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकबाट सहजीकरण भएको हो ।

मञ्चले देशको सबै १०+१ प्रान्तीय मञ्चहरु निर्माणसँगै देशको राजनीतिक परिदृश्यमा पहिचानवादी, संघीयवादी तथा सहअस्तित्वादीहरुमाथि भईरहेको राजनैतिक दमनको विरुद्ध संघर्ष गरिरहेको छ ।

यतिवेला संघीयता नै खारेजीसम्मको वर्तमान नेकपा ओली सरकारको रवैयाको विरुद्ध भण्डारफोर गर्दै राजनीतिक एजेण्डालाई सबै क्षेत्रमा पुरर्याउन मञ्चले मेचीकाली राजनीति अभियान शुरु गरेको सहजीकरणको क्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले बताए । मञ्चले आफ्नो राजनीतिक एजेण्डालाई सबै राजनीतिक दल, नागरिकसमाज, पत्रकार एवं आमजनताहरुलाई ज्ञानको रुपमा बाढ्ने जनाएको छ ।

प्रदेश नं. ६ को सुर्खेतमा आयोजित उक्त कार्यक्रमको दोस्रो दिन आज मञ्चले प्रदेश ६ तदर्थ समिति गठन गरेको जनाएको छ । मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्को अनुसार मोहन थापा मगरको संयोजकत्वमा ११ सदस्यीय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तदर्थ समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा क्रमशः जगत मर्साङ्गी, खड्ग थापा मगर, मनकुमार गा मगर, महेन्द्र बिद्रोही नेपाली, कर्ण सुनुवार, बल बहादुर मर्साङ्गी, उषा थापा क्षेत्री, नर बहादुर सलामी मगर, मिनु सिजाली मगर र गणेश सार्की रहनुभएको छ ।

आज गठित तर्दथ समितिलाई पार्टीको राजनीतिक एजेण्डा पुस्तिकालाई मञ्चका संघीय अध्यक्ष लिङ्देनले प्रदेश ६ तदर्थ समितिका नवनिर्वाचित मोहन थापा मगरलाई हस्तान्तरण गर्दै मञ्चलाई शसक्त रुपमा यस प्रदेशमा स्थापित गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...