विरेन्द्रनगरमा संघीय मञ्चको दुईदिने अन्तरक्रिया सम्पन्न, प्रदेश ६ को संयोजकमा मोहन थापा मगर

,   लिम्बुवान न्युज
                       

सुर्खेत। प्रदेश नं. ६ को सुर्खेत विरेन्द्र नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुई दिने राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत प्रदेश ६ मा राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा आगामी राजनीतिक एजेण्डा माथि मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकबाट सहजीकरण भएको हो ।

मञ्चले देशको सबै १०+१ प्रान्तीय मञ्चहरु निर्माणसँगै देशको राजनीतिक परिदृश्यमा पहिचानवादी, संघीयवादी तथा सहअस्तित्वादीहरुमाथि भईरहेको राजनैतिक दमनको विरुद्ध संघर्ष गरिरहेको छ ।

यतिवेला संघीयता नै खारेजीसम्मको वर्तमान नेकपा ओली सरकारको रवैयाको विरुद्ध भण्डारफोर गर्दै राजनीतिक एजेण्डालाई सबै क्षेत्रमा पुरर्याउन मञ्चले मेचीकाली राजनीति अभियान शुरु गरेको सहजीकरणको क्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले बताए । मञ्चले आफ्नो राजनीतिक एजेण्डालाई सबै राजनीतिक दल, नागरिकसमाज, पत्रकार एवं आमजनताहरुलाई ज्ञानको रुपमा बाढ्ने जनाएको छ ।

प्रदेश नं. ६ को सुर्खेतमा आयोजित उक्त कार्यक्रमको दोस्रो दिन आज मञ्चले प्रदेश ६ तदर्थ समिति गठन गरेको जनाएको छ । मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्को अनुसार मोहन थापा मगरको संयोजकत्वमा ११ सदस्यीय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तदर्थ समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा क्रमशः जगत मर्साङ्गी, खड्ग थापा मगर, मनकुमार गा मगर, महेन्द्र बिद्रोही नेपाली, कर्ण सुनुवार, बल बहादुर मर्साङ्गी, उषा थापा क्षेत्री, नर बहादुर सलामी मगर, मिनु सिजाली मगर र गणेश सार्की रहनुभएको छ ।

आज गठित तर्दथ समितिलाई पार्टीको राजनीतिक एजेण्डा पुस्तिकालाई मञ्चका संघीय अध्यक्ष लिङ्देनले प्रदेश ६ तदर्थ समितिका नवनिर्वाचित मोहन थापा मगरलाई हस्तान्तरण गर्दै मञ्चलाई शसक्त रुपमा यस प्रदेशमा स्थापित गर्न निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;