आठराई आदिवासी जनजाती समन्वय परिषद अध्यक्षमा मृगेन इङ्नाम

 लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा आदिवासी जनजाति समन्वय परिषद गठन भएको छ । आज आठराईको संक्रान्तिबजारमा आयोजित एक कार्यक्रममा मृगेन इङ्नामको अध्यक्षतामा समन्वय परिषद गठन भएको हो ।

उक्त कार्यक्रमले परिषदको उपाध्यक्षमा तिल बहादुर गुरुङ् र झलक मगर, सचिवमा विप्लव श्रेष्ठ, सह–सचिवमा द्वय पंकज खवास र सपना तुम्बाहाम्फे, कोषाध्यक्षमा पदममाया तामाङ्, सह–कोषाध्यक्षमा महेन्द्र विक्रम राई लगायत २१ सदस्यीय परिषद समिति गठन भएको छ । उक्त कार्यक्रममा वलदेव तुम्बाहाम्फे, कमला फोम्बो, गणेश सेनेहाङ् र तेजमान कन्दङ्वा लगायतका बुद्धिजिवी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

समन्वय परिषदको अध्यक्षमा निर्वाचित इङ्नाम संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...