थिन्दोलुङ खोयाहाङ् लिम्बुले मनाए सातौं स्थापना दिवस

 लिम्बुवान न्युज
                       

दमक। किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका जेष्ठ नागरिक समाजसेवी श्री प्रेमबहादुर खोयाहाङ्गको प्रखुम आतिथ्यतामा सातौं स्थापना दिवस मनाइएको हो ।

झापाको दमकमा आयोजना गरिएको उक्त स्थापना दिवस कार्यक्रमलाई प्रमुख अतिथिको हस्तबाहुलीबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो । कार्यक्रम वर्तमान कोभिड १९ को कारण झापा, मोरङ् र सुनसरीका प्रतिनिधिमूलक थिन्दोलुङ् खोयाहाङ् लिम्बुहरुको उपस्थिति रहेको थियो ।

संस्थाको आर्थिक स्थितिलाई बलियो बनाउने उद्देश्यले स्थापना गरिएको अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई स्थापना दिवसको अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्षता केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो । त्यसैगरी सञ्चालन केन्द्रीय कोषाध्यक्ष कुमार खोयाहाङ्ग र केन्द्रीय महासचिव प्रेमकुमार खोयाहाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रमलाई केन्द्रीय सल्लाहकार परिषदका सभापति श्री दङ्गधोज खोयाहाङ्गले संघको सातौं स्थापना दिवस कार्यक्रमको भरच्यूअल माध्यमबाट सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...