काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

 लिम्बुवान न्युज
                       


ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।

शनिवार किरात याक्थुङ चुम्लुङ् सुनसरी जिल्ला कार्यालय धरानमा आयोजिक एक कार्यक्रममा स्व. चेम्जोङका छोरा मोहनसिं चेम्जोङलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

लिम्बुवान समाज यूकेले त्रैवार्षिक रुपमा प्रदान गर्दै आएको नगद एक लाख रुपियाँ सहितको पुरस्कार तथा सम्मान १ नं. प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले स्व. चेम्जोङका छोरा मोहनसिं चेम्जोङलाई हस्तान्तरण गर्नु भयो ।

पुरस्कार छनोट समितिद्वारा इतिहास, भाषा, लिपि, अनुसन्धान, प्राज्ञिक अन्वेषण तथा लिम्बुवानको राजनीतिक चेतनामा पु¥याएको योगदानका आधारमा स्व. चेम्जोङलाई छनोट गरेको थियो ।

बेलायतमा स्थापना भएको समाजले लिम्बुवान प्राप्तिका लागि योगदान पु¥याउँदै आएका व्यक्तित्वहरुलाई तीन–तीन वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार वि.सं. २०७९ सालमा पहिलोपटक पाँचथरका वीर नेम्वाङलाई प्रदान गरिएको थियो । उनले २०३६ सालमा लिम्बुवान मुक्ति मोर्चा गठन गरेर लिम्बुवान आन्दोलन र लिम्बुवानको राजनीतिलाई अघि बढाएका थिए ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;