मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक
मङ्गलबार, २४ असार, २०८२ दिउँसोको १२:५० बजे,
लिम्बुवान न्युज
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा असित थेगिम र यासेली योङहाङको शब्द, उत्तमजंग लावती लिम्बुको संगीत र मेचु धिमालको स्वर रहेको छ। भिडियोलाई इसाक जबेगुले छायांकन र सम्पादन गरेका हुन्। रविना लिम्बुले शृङ्गार संयोजन गरेकी छिन्।
काठमाडौंमा छायांकन गरिएको भिडियोमा गायिका धिमाल, सागर केरुङ, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योति लिम्बू र मनु पाहिमको अभिनय देख्न सकिन्छ।
भ्वाइस अफ नेपाल सिजन–२ की सेमिफाइनलिस्ट समेत रहेकी धिमालले यसअघि दर्जनौं धिमाल भाषाका गीत गाइसकेकी छन्। लिम्बू भाषाको चलचित्र ‘रीत’ मा समेत स्वर दिएकी उनले ‘सथिक मेबोक्से’ र ‘आदाङ्बे सेवारो’सहित तीनवटा लिम्बू गीत सार्वजनिक गरिसकेकी छन्।
धिमाल र लिम्बू भाषाबाहेक उनी दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। डेढ दशक लामो संगीत यात्रामा मेचुले देशका विभिन्न मञ्चमा आफ्ना प्रस्तुति दिँदै आएकी छिन्।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...