दमक उद्योग वाणिज्य संघले नगरपालिकालाई बुझायो ज्ञापन–पत्र

 लिम्बुवान न्युज
                       

दमक। दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नपाले घर बहाल कर समेत व्यवसायीहरुबाट असुल गरिरहेको हुँदा उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीहरुले नगरपालिकाबाट व्यवसाय दर्ता तथा नविकरणका सिलसिलामा घर धनीसंग असुल गर्नुपर्ने बहाल कर समेत आफूहरुले तिर्नु परिरहेको गुनासोसहित दमक उद्योग वाणिज्य संघले सोको विरोध गरेको हो ।

आज मंगलबार संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा नगरपालिका कार्यालय पुगेको संघका पदाधिकारीहरु संलग्न टोलीले नगर प्रमुख रोमनाथ ओलीलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा कोरोना संक्रमणका कारण व्यवसायीहरु मारमा परिरहेको बेला अनावश्यक करको भार समेत थोपरिँदा निजीक्षेत्रमाथि अन्याय भएको उल्लेख गरिएको छ । संघले नगरपालिकाबाट भइरहेको त्यस्तो कार्य तत्काल बन्द गरेर करको भार घटाउन र व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न समेत ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, प्रथम उपाध्यक्ष राजु खडका, द्धितीय उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रमा लिम्बुसहित व्यवसायी नेताहरुको समुह स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउन नगरपालिका कार्यलय पुगेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...