प्रदेश संसद बिघटन गरे संघीयता समाप्त– यादव

,   लिम्बुवान न्युज
                       

दमक। समाजवादी पार्टी प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले प्रतिनिधिसभा बिघटन गरे जस्तै सनकका भरमा प्रदेश संसद्हरु बिघटन गरिए संघीयता नै समाप्त हुने बताएका छन् ।

बिहीबार झापाको दमकमा आयोजित पार्टीको एक भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । “यदाकदा प्रदेश संसद् पनि बिघटन हुनसक्छ भन्ने हल्ला छ । यस्तो आतमघाती कदम चालियो भने देशले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेको सङ्घीयता नै समाप्त हुन्छ“, उनले चिन्ता व्यक्त गरे ।

प्रदेश १ मा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेको प्रसङ्ग जोड्दै यादवले भने (“अहिले नेकपा राजनीतिक रूपमा मात्रै फुटेको देखिन्छ, कानूनी रूपमा उहाँहरु एकै हुनुहुन्छ । त्यसैले उहाँहरुको कार्बाही गरागर पनि दलको विधान अनुसार देखिँदैन ।“

उनले प्रदेश १ मा नेकपा विभाजित नै भए पनि कांग्रेससँग तलमेल नगरी सरकार निर्माण गर्न दुवै नेकपा समूह असफल हुने गणितीय अवस्था रहेको स्पष्ट पारे ।

प्रदेश सरकार बिघटन वा गठनमा आफूहरुको खासै चासो नरहेको भन्दै यादवले आफ्नो दल यो अवस्थामा तटस्थ रहने बताए ।

प्रधानमन्त्री केपी ओलीको संसद् बिघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले आह्वान गरेको केन्द्रीय आन्दोलनको कार्यक्रम अन्तर्गत पुष २९ गते बिर्तामोडमा हुने विरोध सभाको तयारी बारे आयोजित उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्य सहभागी थिए ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, प्रदेश सांसद राधा थापा, केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया लगायतले विरोधसभा सफल बनाउन केन्द्रीय समिति सदस्यहरुको मूल आयोजक समिति निर्माण गरेर अघि बढ्ने बताएका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;