प्रदेश संसद बिघटन गरे संघीयता समाप्त– यादव

,   लिम्बुवान न्युज
                       

दमक। समाजवादी पार्टी प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले प्रतिनिधिसभा बिघटन गरे जस्तै सनकका भरमा प्रदेश संसद्हरु बिघटन गरिए संघीयता नै समाप्त हुने बताएका छन् ।

बिहीबार झापाको दमकमा आयोजित पार्टीको एक भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । “यदाकदा प्रदेश संसद् पनि बिघटन हुनसक्छ भन्ने हल्ला छ । यस्तो आतमघाती कदम चालियो भने देशले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेको सङ्घीयता नै समाप्त हुन्छ“, उनले चिन्ता व्यक्त गरे ।

प्रदेश १ मा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेको प्रसङ्ग जोड्दै यादवले भने (“अहिले नेकपा राजनीतिक रूपमा मात्रै फुटेको देखिन्छ, कानूनी रूपमा उहाँहरु एकै हुनुहुन्छ । त्यसैले उहाँहरुको कार्बाही गरागर पनि दलको विधान अनुसार देखिँदैन ।“

उनले प्रदेश १ मा नेकपा विभाजित नै भए पनि कांग्रेससँग तलमेल नगरी सरकार निर्माण गर्न दुवै नेकपा समूह असफल हुने गणितीय अवस्था रहेको स्पष्ट पारे ।

प्रदेश सरकार बिघटन वा गठनमा आफूहरुको खासै चासो नरहेको भन्दै यादवले आफ्नो दल यो अवस्थामा तटस्थ रहने बताए ।

प्रधानमन्त्री केपी ओलीको संसद् बिघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले आह्वान गरेको केन्द्रीय आन्दोलनको कार्यक्रम अन्तर्गत पुष २९ गते बिर्तामोडमा हुने विरोध सभाको तयारी बारे आयोजित उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्य सहभागी थिए ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, प्रदेश सांसद राधा थापा, केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया लगायतले विरोधसभा सफल बनाउन केन्द्रीय समिति सदस्यहरुको मूल आयोजक समिति निर्माण गरेर अघि बढ्ने बताएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;