दमकमा होटल थ्रि इनको शुभारम्भ, करिब ५ करोड लगानी भएको दावी

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा सुविधा सम्पन्न होटलको शुभारम्भ भएको छ । दमक वडा नं. ५ मा आफ्नै भवनमा संचालित होटल थ्रि इनको पुष १७ गते देखि शुभारम्भ भएको हो ।

लामो समय मलेसियामा होटल क्षेत्रमा अनुभव हासिल गरेका कृष्ण आङ्देम्बेले बनाउनु भएको दमकको घरलाई होटलको संरचना बनाइएको भाइ भुवानी विक्रम आङ्देम्बे बताए । खाली घरलाई सदुपयोग गर्नलाई पनि होटल संचालनमा ल्याइएको हो – आङ्देम्बे भने ।

करिब अढाई कठ्ठा क्षेत्रमा फैलिएको यस होटलमा स्टार लेभलको सुविधासम्पन्न बार, गार्डेन बार, मिटिङ् रुम, मिनी सेमिनार हल, डिलक्स रुम, स्वीट रुम रहेका छन् । हाललाई १८ वटा डिलक्स रुपहरु रहेको संचालक आङ्देम्बेले बताए । एक हप्ता सम्म ओपनिङ्सेशन चल्ने बताउनु हुँदै आङ्देम्बेले –‘प्रत्येक बुधबार र शनिबार लाइभ प्रोग्राम गरिने बताए ।’ होटल संचालनमा आउन करिब ५ करोड रुपैयाँ अनुमानित खर्च भएको संचालन भवानीविक्रम आङ्देम्बेले बताएका छन् ।

होटललाई पाँच जना संचालकहरु कृष्ण आङ्देम्बे, भुवानीविक्रम आङ्देम्बे, पूर्णध्वज आङ्देम्बे, राजेन्द्र श्रेष्ठ र टिकाराम खतिवडाले संचालनमा ल्याएका हुन् ।

१ बर्ष भन्दा अगाडि देखि भौतिक संरचना बनाइएता पनि चैत्र देखिको लकडाउनको कारण समय मै होटल संचालन गर्न नसक्दा आफूहरु मारमा परेको अर्का संचालक टिकाराम खतिवडा बताउँछन् । खतिवडा दमक ६ का चिरपरिचित युवा व्यवसायी हुन् । उनको आफ्नै कस्मेटिकको होलसेल व्यापार रहेको छ बताए ।

हाललाई उक्त होटलले १९ जनालाई रोजगारी दिएको अर्का संचालक राजेन्द्र श्रेष्ठले बताए । दमककै नमूना होटलको रुपमा विकास गर्न यहाँका स्थानीय समाजसेवी, बुद्धिजिवी, संचारकर्मी लगायतसँग सहकार्य गरेर अघि बढ्नेसमेत संचालक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;