दमकमा होटल थ्रि इनको शुभारम्भ, करिब ५ करोड लगानी भएको दावी

,   लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा सुविधा सम्पन्न होटलको शुभारम्भ भएको छ । दमक वडा नं. ५ मा आफ्नै भवनमा संचालित होटल थ्रि इनको पुष १७ गते देखि शुभारम्भ भएको हो ।

लामो समय मलेसियामा होटल क्षेत्रमा अनुभव हासिल गरेका कृष्ण आङ्देम्बेले बनाउनु भएको दमकको घरलाई होटलको संरचना बनाइएको भाइ भुवानी विक्रम आङ्देम्बे बताए । खाली घरलाई सदुपयोग गर्नलाई पनि होटल संचालनमा ल्याइएको हो – आङ्देम्बे भने ।

करिब अढाई कठ्ठा क्षेत्रमा फैलिएको यस होटलमा स्टार लेभलको सुविधासम्पन्न बार, गार्डेन बार, मिटिङ् रुम, मिनी सेमिनार हल, डिलक्स रुम, स्वीट रुम रहेका छन् । हाललाई १८ वटा डिलक्स रुपहरु रहेको संचालक आङ्देम्बेले बताए । एक हप्ता सम्म ओपनिङ्सेशन चल्ने बताउनु हुँदै आङ्देम्बेले –‘प्रत्येक बुधबार र शनिबार लाइभ प्रोग्राम गरिने बताए ।’ होटल संचालनमा आउन करिब ५ करोड रुपैयाँ अनुमानित खर्च भएको संचालन भवानीविक्रम आङ्देम्बेले बताएका छन् ।

होटललाई पाँच जना संचालकहरु कृष्ण आङ्देम्बे, भुवानीविक्रम आङ्देम्बे, पूर्णध्वज आङ्देम्बे, राजेन्द्र श्रेष्ठ र टिकाराम खतिवडाले संचालनमा ल्याएका हुन् ।

१ बर्ष भन्दा अगाडि देखि भौतिक संरचना बनाइएता पनि चैत्र देखिको लकडाउनको कारण समय मै होटल संचालन गर्न नसक्दा आफूहरु मारमा परेको अर्का संचालक टिकाराम खतिवडा बताउँछन् । खतिवडा दमक ६ का चिरपरिचित युवा व्यवसायी हुन् । उनको आफ्नै कस्मेटिकको होलसेल व्यापार रहेको छ बताए ।

हाललाई उक्त होटलले १९ जनालाई रोजगारी दिएको अर्का संचालक राजेन्द्र श्रेष्ठले बताए । दमककै नमूना होटलको रुपमा विकास गर्न यहाँका स्थानीय समाजसेवी, बुद्धिजिवी, संचारकर्मी लगायतसँग सहकार्य गरेर अघि बढ्नेसमेत संचालक श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;