साझा प्रकाशन अध्यक्षमा डा. विजय सुब्बा विजयी

 लिम्बुवान न्युज
                       

काठमाडौँ। साझा प्रकाशनको २४औँ साधारणसभाबाट सञ्चालक समितिका अध्यक्षमा डा. विजय सुब्बा विजयी भएका छन् ।

नेकपा नेता एवं साहित्यकार डा. सुब्बाले ४१२ मत प्राप्त गरेका थिए । उनको डा. जीवनचन्द्र कोइरालाले भने १८३ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिएका छन् ।

यही पुस २१ देखि २४ गते सम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको हो । निर्वाचनका प्रत्यासी अध्यक्ष दुवै जना प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलो पटक निर्वाचन भएको हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

१ हजार ४५७ मतदाता रहेको प्रकाशनमा ६४३ मत खस्दा ४८ मत बदर भएको थियो । यसैगरी संचालक समिति सदस्यहरुमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

आज शनिबार भर्चुअल माध्यमबाटा हुने साधारणसभामा आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुने बताइएको छ ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एक–एक सहसचिव रहनेछन् भने एक विज्ञ सदस्य भने नेपाल सरकारले नियुक्त गर्ने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;