दमकको लाईफलाइन अस्पतालबाट फिजियोथेरापी सेवा शुरु

,   लिम्बुवान न्युज
                       

दमक। दमकको लाईफलाईन अस्पतालले २२औं बार्षिकोत्सवका अवसर पारेर शुक्रबारदेखि फिजियोथेराजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने विरामीहरुलाई लक्षित गरि दमकमै पहिलोपटक फिजियोथेरापी सेवा विस्तार गरिएको अध्यक्ष डा. तिलक चन्द्र शाहले बताउनु भयो ।

बार्षिकोत्सव कार्यक्रममा अस्पतालका पूर्व मेडिकल डाईरेक्टर डा. मुक्तिनाथ भट्टराई, संस्थापक अध्यक्ष शेरबहादुर भट्टराई, सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्चालक राजकुमार भट्टराईले फिजियोथेरापीको सेवा पनि स्वास्थ्य बिमाबाट नै लिन सकिने व्यवस्था गरिएको जानकारी बताए ।

त्यस्तै अस्पतालले सुरु गर्न लागेको डायलोसिस सेवाको समेत अन्तिम तयारी भइरहेको हुँदा अब केही दिनभित्रमै संचालनमा ल्याउने बताइएको छ ।

सेवाग्राहीहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु सदैब प्रतिबद्ध रहेको भन्दै उनले आगामी दिनमा अझ नयाँ प्रबिधि र सेवाहरु विस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष डा. शाहले बताए । एक सय शैया रहेको अस्पतालले विशेषज्ञ सेवासहित सिटीइभिटीको समन्वयमा शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गरिआएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;