दमकको लाईफलाइन अस्पतालबाट फिजियोथेरापी सेवा शुरु

 लिम्बुवान न्युज
                       

दमक। दमकको लाईफलाईन अस्पतालले २२औं बार्षिकोत्सवका अवसर पारेर शुक्रबारदेखि फिजियोथेराजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा आउने विरामीहरुलाई लक्षित गरि दमकमै पहिलोपटक फिजियोथेरापी सेवा विस्तार गरिएको अध्यक्ष डा. तिलक चन्द्र शाहले बताउनु भयो ।

बार्षिकोत्सव कार्यक्रममा अस्पतालका पूर्व मेडिकल डाईरेक्टर डा. मुक्तिनाथ भट्टराई, संस्थापक अध्यक्ष शेरबहादुर भट्टराई, सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्चालक राजकुमार भट्टराईले फिजियोथेरापीको सेवा पनि स्वास्थ्य बिमाबाट नै लिन सकिने व्यवस्था गरिएको जानकारी बताए ।

त्यस्तै अस्पतालले सुरु गर्न लागेको डायलोसिस सेवाको समेत अन्तिम तयारी भइरहेको हुँदा अब केही दिनभित्रमै संचालनमा ल्याउने बताइएको छ ।

सेवाग्राहीहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु सदैब प्रतिबद्ध रहेको भन्दै उनले आगामी दिनमा अझ नयाँ प्रबिधि र सेवाहरु विस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष डा. शाहले बताए । एक सय शैया रहेको अस्पतालले विशेषज्ञ सेवासहित सिटीइभिटीको समन्वयमा शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गरिआएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...