फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वैरागी काईलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट उपाध्यक्षहरुमा तारा थेवे, जेपी नेम्बाङ, कञ्चन थलङ, महासचिवमा दिपा सुहाङ्, सचिवहरुमा शम्भू फोम्बो र गंगा फियाक, कोषाध्यक्षमा नरेश वनेम र सहकोषाध्यक्षमा पुष्पाञ्जली तिलिङ् निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा राजेन्द्र केरुङ, उदय बेघा, लेखनाथ चेम्जोङ, तानाम तान्छो लावती, इन्दिरा नेम्बाङ, विमला इवाराम, राज खिम्दिङ र गगन प्रकाश लावती निर्वाचित भएका छन् ।

कियाचू संघीय अध्यक्ष प्रेम एक्तेन, उपाध्यक्ष गोविन्द आङबुङ्, याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङ् लगायतले निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रममा याक्थुङ बरिष्ठ कलाकार, बुद्धिजिवी, साहित्यकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष यादन सेर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...