टिकापुरमा संघीय दलित शिल्पी मञ्च गठन

 लिम्बुवान न्युज
                       

कैलाली। कैलालीको टिकापुरमा संघीय दलित शिल्पी मञ्चको तदर्थ समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्चहरु मध्येको गैर भौगोलिक दलित शिल्पी मञ्च आज(शनिबार) गठन भएको हो ।

मञ्चको मेचीकाली अभियान अन्तर्गत कैलालीको कार्यक्रमले भोज बहादुर विकको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन भएको मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले बताइन् । उक्त समितिको सदस्य सचिवमा कलक सुनार चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रतिक्षा परियार, माया वागदास, जयसुर सार्की, डम्बर तिरुवा, जनक सार्की, गणेश बहादुर बिक, कान सिङ तिरुवा, दिपक सुनार, खडग लोहार, जय बहादुर बिक, मनिषा भुल, भागेश्वरी भुल, जानकी कसारा, पशुपति कसारा, सरोज विक, जेनिशा बिक, साजन सुचिकार, सुजन सुचिकार र चन्द्र नेपाली रहेका छन् ।

मेचीकाली अभियानका प्रमुख संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चको राजनीतिक एजेण्डा बारे प्रष्ट पार्नु हुँदै आगामी चुनावमा दाप सहितको खुकुरी चुनाव चिन्हमा मत माग्नु भएको छ । सो कार्यक्रममा मञ्चका संघीय अर्थ संयोजक विष्णु यक्सो, संघीय सचिव शान्ता योङहाङ, इन्दीरा मेन्याङ्, अर्थ सचिव दिपा लिम्बु, दलित शिल्पी मञ्चका महासचिव शर्मिला वागचन्द लगायतका नेताहरुले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...