किरणले ल्याए दिपक र डम्बरको स्वरमा ‘याःराक्मा हौं’
शनिबार, २५ पुष, २०७७ रातीको १०:१६ बजे,
लिम्बुवान न्युज
काठमाडौं। सफल निर्देशक किरण चाम्लिङ राईले गायक दिपक लिम्बु र गायक डम्बर नेपालीको मीठो स्वरमा सजिएको “याः राक्मा हौ” गीत ल्याएका छन् । गीतको भिडियोलाई यूट्यूबबाट सार्वजनिक गरिएको हो ।
कान्छा बाजेको शब्द अनि डम्बर नेपालीको संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाको रेकर्डिङ र साजन शाहले मिक्सिङ साथै मास्टरिङ गरेका हुन् ।
द नाइसेन्स फ्लानक्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गायक द्वय दिपक लिम्बु र डम्बर नेपालीको साथमा र एलिजा तुम्बापोको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा भुपेन्द्र तुम्बाहाङ्फेको छायांकन अनि अनिल रानाको सम्पादन रहेको छ ।
लिम्बु जातीहरुको धान नाँचलाई लिम्बुभाषामा याःराक्मा भनिन्छ । सोही शैलीमा रोमान्टिक भिडियोलाई नेपाली टिपिकल शब्दमा तयार पारिएको गीतको भिडियो रातोपुलस्थित रक हाउसमा एक समारोह गरि औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...