साँवा वंशको वंशावली प्रकाशन हुने

 लिम्बुवान न्युज
साँवा वंशको वंशावली प्रकाशन हुने

छथर। हाङ्बेरु हाङ् साँवा वंशावली प्रकाशनकोे कामलाई तिब्रता दिने जनाइएको छ । तेह्रथुम छथरको शुक्रबारे बजारमा साँवा वंश उत्थान समितिको बसेको विस्तारित बैठकले वंशावली प्रकाशनलाई तिब्रता दिने निर्णय गरेको हो ।

वंश उत्थानले प्रकाशन गरेको वंशावली मस्यौदा र अपिल प्रत्येक घर घरमा वितरण गर्ने लगायतका विविध विषयमा निर्णय गरिएको संस्थाका कोषाध्यक्ष वाल कुमार साँवाले बताए ।

पान्थर, झापा, मोरङ र इलाम समितिको समेत उपस्थिति रहेको उक्त बैठकलाई संस्थाका केन्द्रीय अध्यक्ष दिल साँवाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकको सञ्चालन संस्थाका मनिन्द्र साँवाले गरेका थिए ।

 

सम्बन्धित समाचार

याक्थुङ साहित्य प्रतिष्ठानद्वारा पाँच बुँदे येहाङनगर घोषणा–पत्र जारी

दमक । याक्थुङ साहित्य प्रतिष्ठानले दमक–१ स्थित येहाङनगरबाट ‘पाँच बुँदे येहाङनगर घोषणा–पत्र २०७८’ विज्ञप्ति मार्फत जारि गरेको छ । गत शनिबार सम्पन्न प्रतिष्ठानको प्रथम अधिबेसनबाट नव निर्वाचित कार्य समितिका अध्यक्ष सेसेमी से नाल्बो र महासचिव...

लुम्बिनीमा मन्त्री बनेका जसपा नेताहरुलाई राजीनामा दिन अल्टिमेटम

लिम्बुवानखबर । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको...

अमेरिकामा मणि बाङदेलको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महासंघ गठन

न्यूयोर्क क्वीन्स। अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरु एकजुट भएका छन् । आइतबार मणि बाङदेल राईको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ ।“साहित्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ ।” भन्ने नाराका साथ भेला भएको...

लिम्बुवानद्वारा सरकारलाई औपनिवेशिक नीति रोक्न चेतावनी

दमक। सरकारले आदिवासी जनजाति माथिको औपनिवेशिक नीति रोक्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले चेतावनी दिएको छ । आदिम सृष्टिकालदेखिनै ताप्लेजुङ् जिल्लामा अवस्थित मुक्कुमलुङ हिमालको नाम परिवर्तन गरी पर्वते भाषाकरण गरेकोमा त्यसको विरोध...