तुम्खेवा लिम्बुहरु संगठित हुँदै, वंशावली निर्माणको अभियान शुरु गर्ने

 लिम्बुवान न्युज
                       

तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन ।

६ थरी खेवाहरु मध्ये एक थरी तुम्खेवाहरु यतीबेला संगठित हुन थालेका छन् । यही पौया २५ गते तेह्रथुमको धुर्पुजेडाडामा अन्तराष्ट्रीय रुपमा भेला भई संगठित बनेको अभियान्ता पृथ्बीमान तुम्खेवाले बताए ।

ताक्लुङ यक(गढी)लाई शिरोपरी विश्वमा रहेका तुम्खेवालाई संगठित गराउँदै भाषा कला साहित्य संस्कार संस्कृतिको संरक्षण तथा सामाजिक बिकासमा काम गर्ने उद्देश्यका साथ संगठित बनेको अभियान्ता तुम्खेवाले जानकारी दिनु भयो । भुटान, भारत, सिगापुर, बेलायत तथा नेपाल लगायतका देशका तुम्खेवा लिम्बुको भेलाले संगठित बनाएको हो ।

भेलाले सिताराम तुम्खेवा र देवचन्द्र तुम्खेवाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । संगठित बनेसँगै तुम्खेवा लिम्बुहरुको बंशावली निमार्णका लागी अभियान सुरु गर्ने जनाइएको छ ।

विभिन्न मुलुकमा छरिएर रहेका तुम्खेवाहरुलाई संगठित गराउँदै जाने तुम्खेवा समुदायमा सामाजिक विकास गर्ने लगायतका उद्देश्यका साथ समिति निमार्ण गरिएको थियो । भेलामा तुम्खेवा वंशावली निमार्ण तथा संस्थागत विकासको बिषयमा छलफल भएको थियो । भेलामा लिम्बु समुदायको मौलिक केलाङ नाँच समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...