मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

,   लिम्बुवान न्युज
                       

 

दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले कोणसभा गरेर कार्यक्रम घोषणा गरेको हो ।
संयुक्त संघर्ष समिति तथा अन्तरदलीय समितिले मुक्कुमलुङमा बन्न लागेको केवलकारले याक्थुङहरुको मुन्धुमी आस्थाको धरोहरमाथि ठाडो प्रहार भएको बताउँदै बर्षौदेखी आन्दोलनरत छन् । गत बर्ष माघ १२ गते संघर्ष समितिका कार्यकर्ताहरुमाथि गोली प्रहार गरी घाइते बनाइएको बर्षदिनको अवसर पारेर सोमबार कार्यक्रम सार्वजनिक गर्दै थप संघर्षका कार्यक्रमहरु अगाडि बढाउने केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताउनु भयो ।
सोमबार ताप्लेजुङबजार, पान्थरको फेदेन, इलाम बजार, झापाको विर्तामोड र दमक, मोरङको पथरी, सुनसरीको धरान, धनकुटा बजार, तेह्रथुममो मेयङलुङ लगायत स्थानमा संघर्ष समितिले कोणसभा गर्दै सरकारलाई खबरदारी गरेको छ ।
केवलकार निर्माण नारोकिए थप आन्दोलन शसक्त बनाउने उनीहरुले चेतावनी दिएका छन् । संघर्ष समितिले चरणबद्ध कार्यक्रम गर्ने, कान्छीथान देखी मुक्कुमलुङसम्म धागो टाङ्गने कार्यक्रमका साथै १७ गते बृहत जनसहभागितामा ताप्लेजुङमा सभा गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;