मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

,   लिम्बुवान न्युज
                       

विरोध प्रदर्शनलाई किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष तथा पहिचानवादी नेता डकेन्द्र सिं थेगिम, गायिका झुमा लिम्बू, संयुक्त संघर्ष समितिका संयोज्क खगेन्द्र फेम्बु लिम्बूलगायतले सम्बोधन गरेका थिए । उनीहरुले मुन्धुमी स्थलमा केबलकार बन्न नहुने र आफूहरुले कुनै पनि हालतमा बन्न नदिने अडान दोहोर्‍याएका छन् ।

सदरमुकामको प्रवेशद्वार तोक्मेडाँडाबाट सुरु भएको र्‍याली दोबाटो, पुरानो कोप्चे, वीरेन्द्रचोक, पुरानो बैंक लाइन हुँदै फेरि तोक्मेडाँडाको फाल्गुनन्द चोकमा आएर कोणसभामा परिणत भएको थियो । तोक्मे क्षेत्रमा विरोध स्वरुप भित्तेलेखन पनि गरिएको छ ।

निर्वाचन आचारसंहिता समेतलाई दृष्टिगत गरी आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको संयुक्त संघर्ष समितिका संयोजक फेम्बुले बताए । लिम्बू याक्थुङहको पचिचान मुन्धुमिस्थलमा केबलकार खारेजी आफूहरुको प्रमुख माग रहेको उनले दोहोर्‍याएका छन् ।

यसैगरी आज आन्दोलनरत समूहले यसअघि मुक्कुमलुङ संरक्षण आन्दोलनक्रममा भएका घाइतेहरु र पक्राउ परि जेल बसेकाहरुलाई सम्मान सम्मान गरेको छ । दर्जनौं घाइते भएका दिए भने आन्दोलनमा तीन दर्जन बढी पक्राउ परेका थिए । राज्यले अहिले पनि मुद्दा लगाइरहेको संयोजक फेम्बुले बताए ।

यसैगरी आइतबार मुक्कुम्लुङ क्षेत्रमा कान्छीथान देखि माथी धागो टाग्ने कार्यक्रम रहेको जनाएका छन् । प्रदर्शनका क्रममा हुन सक्ने गतिविधिलाई दृष्टिगत गरी प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य संख्यामा परिचालन गरेको छ भने सेना समेतको संयुक्त गस्ती सदरमुकाम क्षेत्रमा गराएको छ ।

यश अघि गत माघ १२  र १३ गते पूर्वी नेपालका विभिन्न जिल्ला र मुख्य सहरमा कोणसभा गरेका थिए ।

यसरी नै १९ गते मुक्कुमलुङ क्षेत्रमा प्रदर्शन र कोणसभा गर्ने तथा २० गतेदेखि माघ मसान्तसम्म पाथीभरा केबलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाइएका मुद्दा खारेजी माग गर्दै आन्दोलन गर्ने बताइएको छ ।

यस्तै आगामी फाल्गुन २१ गतेको मुख्य चुनावी एजेन्डा मुक्कुमलुङमा नोकेवलकार लिएर आउनेलाई मात्र भोट दिन गाउँबस्ती अभियान चलाउने उल्लेख बताइएको छ ।

तस्बिरहरु: संजालबाट साभार

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;