सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाई छ । यस वर्षको महोत्सवमा ७५ भन्दा बढी देशबाट ७०० चलचित्र प्राप्त भएका मध्येबाट ५२ देशका १३८ चलचित्रहरू महोत्सवका लागि चयन भएका थिए ।

महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका छन् । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए । चाबहिलको चलचित्र विकास बोर्डमा उद्घाटन समारोह रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कला प्रदर्शनी, नृत्य, कला–संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया लगायत थुप्रै कार्यक्रमहरु रहेको महोत्सवकी सह–निर्देशक सृष्टि न्यौपानेले जानकारी दिइन् । अस्ट्रेलियाली निर्देशक मौलीनाथ गंगोलीद्वारा चलचित्रसम्बन्धी मास्टर क्लास पनि दिनेछन् ।

चलचित्र महोत्सवको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा अमेरिकाकी निर्माता–निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी, बेलायतकी निर्देशक–निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन, लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन रहेका छन् । राष्ट्रिय तर्फको जुरीमा चलचित्र लेखक, निर्देशक तथा कलाकार रमेश बुढाथोकी, अभिनेता धिरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाँकार रविन आचार्य रहेका छन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पूर्वी एसियाली देशहरू चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, ताइवान लगायतका चलचित्रहरू चयन भएका छन् । साथै अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, फिनल्यान्ड, लिथुआनिया, चिली, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रीस, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक लगायत युरोप, दक्षिण अमेरिका तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट, दक्षिण अफ्रिकाका चलचित्रहरू पनि समावेश छन् ।

महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकारसँगै उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र तथा मानव अधिकारसम्बन्धी चलचित्र विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लबमा हुने महोत्सवको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिने अध्यक्ष बताउँछन् । यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट चलचित्र सम्मान गरिनेछ । साथै चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने सुवेदी बताउँछन् ।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...