
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
तेह्रथुम। पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथरथुम क्षेत्र बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन ।
६ थरी खेवाहरु मध्ये एक थरी तुम्खेवाहरु यतीबेला संगठित हुन थालेका छन् । यही पौया २५ गते तेह्रथुमको धुर्पुजेडाडामा अन्तराष्ट्रीय रुपमा भेला भई संगठित बनेको अभियान्ता पृथ्बीमान तुम्खेवाले बताए ।
ताक्लुङ यक(गढी)लाई शिरोपरी विश्वमा रहेका तुम्खेवालाई संगठित गराउँदै भाषा कला साहित्य संस्कार संस्कृतिको संरक्षण तथा सामाजिक बिकासमा काम गर्ने उद्देश्यका साथ संगठित बनेको अभियान्ता तुम्खेवाले जानकारी दिनु भयो । भुटान, भारत, सिगापुर, बेलायत तथा नेपाल लगायतका देशका तुम्खेवा लिम्बुको भेलाले संगठित बनाएको हो ।
भेलाले सिताराम तुम्खेवा र देवचन्द्र तुम्खेवाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । संगठित बनेसँगै तुम्खेवा लिम्बुहरुको बंशावली निमार्णका लागी अभियान सुरु गर्ने जनाइएको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका तुम्खेवाहरुलाई संगठित गराउँदै जाने तुम्खेवा समुदायमा सामाजिक विकास गर्ने लगायतका उद्देश्यका साथ समिति निमार्ण गरिएको थियो । भेलामा तुम्खेवा वंशावली निमार्ण तथा संस्थागत विकासको बिषयमा छलफल भएको थियो । भेलामा लिम्बु समुदायको मौलिक केलाङ नाँच समेत प्रस्तुत गरिएको थियो ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...