साँवा वंश उत्थान सुनसरी जिल्ला समिति गठन

 लिम्बुवान न्युज
                       

धरान। सुनसरीको धरानमा साँवा वंश उत्थान समितिको जिल्ला समिति गठन भएको छ । केही अघि मात्र साँवाहरु वंशावली प्रकाशन गर्नको लागि संगठित हुने बताएका थिए ।

सुनसरी जिल्ला समितिमा बुद्धप्रसाद साँवाको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्ष प्रेम साँवा, सचिव हिमाल साँवा, सह–सचिव नविन साँवा, कोषाध्यक्ष धनशेर साँवा, सह–कोषाध्यक्ष टेक बहादुर साँवा निर्वाचित भएका छन् । त्यसैगरी कार्य समिति सदस्यहरुमा शेर बहादुर साँवा, गोवर्धन साँवा, मेघबहादुर साँवा, पूर्णहाङ साँवा, गोपाल साँवा,, सुन्दर साँवा,, प्रेम साँवा, विजय साँवा र चण्डी साँवा चयन भएका छन् ।

उक्त गठन कार्यक्रममा वंश उत्थानका अगुवा जीत बहादुर साँवा र नविन साँवाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...