अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ गजल प्रतियोगिताको सीता पिरती भईन प्रथम

 लिम्बुवान न्युज
                       

दमक। गजलकार सीता पिरतीले अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिताको प्रथम पुरस्कार हात पारेकी छन् । याक्थुङ्ग आर्ट एण्ड लिट्रेचरद्वारा “याक्थुङ भाषा, साहित्य, कला, विकास संरक्षणका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ्ग गजल प्रतियोगिता २०७७’ को नतिजा शनिबार सार्वजनिक गरेको छ ।

मधु केरुङ्ग केवाफुङ र प्रेम दिप थाम्सुहाङ निर्णायक रहेको उक्त गजल प्रतियोगितामा सिता पिरती प्रथम हुँदै नगद ३० हजार हात परेकि छन् । त्यसैगरी मच्छिन्द्र लोवा सेमी द्वितीय र लक्ष्मीमाङ चेम्जोङ तृतीय बनेका छन् भने मन कुमार तुम्रोकले सान्त्वनामा नै चित्त बुझाएका छन् । प्रतियोगीतमा द्वितिय पुरस्कार २० हजार रुपैयाँ, तृतीय १० हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रम आयोजकले लेकाली कान्छा मुकुम, लोकेन्द्र देवान अशिम, लक्ष्मी नेम्बाङ, हेम सेमेक्वा , के.बी. किराती, श्याम तुफान, शुक्र आङ्देम्बे, जबेगु राज सानु र कुमार कान्छा जेकेलाई सम्मान गरेको जनाएको छ ।

जम्मा ५३ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको उक्त प्रतिस्पर्धालाई तीन चरणमा सहभागी गराईएको थियो । पहिलो तुम्बुङ्दिङ चरण, दोस्रो इक्सादिङ चरण र तेस्रो तथा अन्तिममा तरङ्दिङ ताङ्साङ चरण बाट विजयी घोषणा गरिएको निरर्णयक मधु केरुङ् केवाफुङ्ले बताए ।

याक्थुङ आर्ट एण्ड लिट्रेचरद्वारा “याक्थुङ्ग भाषा, साहित्य, कला, विकास संरक्षणका लागि हाम्रो अभियान” नामक नारा दिई संचालन गरिएको यस कार्यक्रमका संयोजक जनम लिङदम हाङसा र इन्दीरा नेम्बाङ् रहेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...