अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ गजल प्रतियोगिताको सीता पिरती भईन प्रथम

 लिम्बुवान न्युज
                       

दमक। गजलकार सीता पिरतीले अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिताको प्रथम पुरस्कार हात पारेकी छन् । याक्थुङ्ग आर्ट एण्ड लिट्रेचरद्वारा “याक्थुङ भाषा, साहित्य, कला, विकास संरक्षणका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय अनलाईन याक्थुङ्ग गजल प्रतियोगिता २०७७’ को नतिजा शनिबार सार्वजनिक गरेको छ ।

मधु केरुङ्ग केवाफुङ र प्रेम दिप थाम्सुहाङ निर्णायक रहेको उक्त गजल प्रतियोगितामा सिता पिरती प्रथम हुँदै नगद ३० हजार हात परेकि छन् । त्यसैगरी मच्छिन्द्र लोवा सेमी द्वितीय र लक्ष्मीमाङ चेम्जोङ तृतीय बनेका छन् भने मन कुमार तुम्रोकले सान्त्वनामा नै चित्त बुझाएका छन् । प्रतियोगीतमा द्वितिय पुरस्कार २० हजार रुपैयाँ, तृतीय १० हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रम आयोजकले लेकाली कान्छा मुकुम, लोकेन्द्र देवान अशिम, लक्ष्मी नेम्बाङ, हेम सेमेक्वा , के.बी. किराती, श्याम तुफान, शुक्र आङ्देम्बे, जबेगु राज सानु र कुमार कान्छा जेकेलाई सम्मान गरेको जनाएको छ ।

जम्मा ५३ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको उक्त प्रतिस्पर्धालाई तीन चरणमा सहभागी गराईएको थियो । पहिलो तुम्बुङ्दिङ चरण, दोस्रो इक्सादिङ चरण र तेस्रो तथा अन्तिममा तरङ्दिङ ताङ्साङ चरण बाट विजयी घोषणा गरिएको निरर्णयक मधु केरुङ् केवाफुङ्ले बताए ।

याक्थुङ आर्ट एण्ड लिट्रेचरद्वारा “याक्थुङ्ग भाषा, साहित्य, कला, विकास संरक्षणका लागि हाम्रो अभियान” नामक नारा दिई संचालन गरिएको यस कार्यक्रमका संयोजक जनम लिङदम हाङसा र इन्दीरा नेम्बाङ् रहेका छन् ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...