लिम्बु कथानक चलचित्र ‘थिम’को चिङि्सन्नासाङ बोलको गीत रेकर्ड

,   लिम्बुवान न्युज
                       

काठमाडौं। निर्माणाधिन लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘चिङ्सिन्ञासाङ्’ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न भएको छ । याक्थुङ फिल्मस प्रा.लि.द्वारा निर्माण हुन लागेको उक्त गीत ललितपुर स्थित ओपेरा रेकर्डिङ स्टुडियो सातदोबाटोमा रेकर्ड गरिएको हो ।

सागर केरुङको शब्द, बुद्धराज लिम्बूको संगीत रहेको उक्त गीतलाई मनि ताम्लिङ र इन्दु फोम्बोको आवाजमा सुन्न सकिनेछ । आगामी माघ अन्तिम हप्ताबाट छायाङकन हुने चलचित्रमा सुजन आङ्देम्बे र सुनिता थेगिमको ‘छुइ छुइ हा’ नामक चर्चित गीत समाबिष्ट छ ।

चलचित्रलाई यलम्बर खम्बूले निर्देशन गर्ने भएका छन् । चलचित्रको कलाकारहरु सबै निश्चित भइनसकेको निर्देशक खम्बुले बताएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;