३ गते कांग्रेसको देशव्यापी विरोध प्रदर्शन, सक्रिय सहभागी हुन अपिल

,   लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध देशभर प्रदर्शन गर्ने जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् ।

कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । माघ १ गते शनिबार नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

आज (शुक्रबार) कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै ‘पार्टीको सबै तहका नेताकार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादी शक्तिहरुलाई समेत विरोध प्रदर्शनमा व्यापक सहभागी भएर नेकपा ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’ भनेका छन् ।

संसद विघटन नेपालको मूल्य र मान्यतालाई विर्सेर ओली सरकारले असंवैधानिक र अलोकतान्त्रिक कदम उठाएको ठहर नेपाली कांग्रेसले गरेको छ । त्यसविरुद्ध कांग्रेस संघर्षमा निस्किएको जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;