लिम्बुवान सामाजिक मञ्च कतारको रिक्त पदमा मनोनित

 लिम्बुवान न्युज
                       

कतार। प्रवास कतारको बसाई समाप्त गरेका र कोभिड १९ का कारण नेपालबाट फर्कन नसकेका संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कतारमा रिक्त पदको पदपुर्ति गरिएको छ ।

मञ्चका बरिष्ठ उपाध्यक्ष डम्बर लिम्खिम मिसेकले प्रवास कतारको विभिन्न पदहरु रिक्त रहेको हुँदा उक्त पदहरुमा मनोनित गरिएको जनाएका छन् ।

विगत लामो समयदेखि कतारमा रहेर लिम्बुवान आन्दोलनलाई सक्रिय रुपमा रहेर सहयोग गर्नुहुने, साथै विभिन्न तहमा रहेर काम गरिसक्नु भएका सदस्यहरुलाई मनोनयन गरिएको हो ।

रिक्त पद उपाध्यक्षमा युवराज वेघा लिम्बु, सचीवमा मौसम लिङ्दम लुब्लिहाङ लिम्बू र अमिर लावती लिम्बु, सह–अर्थसचिवमा डिकलाल लिङ्दम लिम्बू र टीका मिभक लिम्बू, सचिवालय सदस्यमा तुलसी मिभक लिम्बू र श्रीहाङ जबेगु लिम्बु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा भबिन्द्र (ताङ्साहाङ), तुम्बापो लिम्बु, सुजन माबो लिम्बू, दिनेश केरुङ लिम्बु, युमन नेम्बाङ लिम्बु, नवीन ताम्लिङ लिम्बु, नवीन मादेन लिम्बु, असल नेम्बाङ लिम्बु, श्याम कुमार हुक्पाचोङ्बाङ लिम्बु, दिपेश सेनिहाङ लिम्बु, दुर्ग तुम्बाहाङ्फे लिम्बू, यातायात विभाग संयोजकमा खगेन्द्र राई, सहसंयोजकमा टीका मिभक मनोनित गरिएको बरिष्ठ उपाध्यक्षले जनाएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...