लिम्बुवान सामाजिक मञ्च कतारको रिक्त पदमा मनोनित

,   लिम्बुवान न्युज
                       

कतार। प्रवास कतारको बसाई समाप्त गरेका र कोभिड १९ का कारण नेपालबाट फर्कन नसकेका संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कतारमा रिक्त पदको पदपुर्ति गरिएको छ ।

मञ्चका बरिष्ठ उपाध्यक्ष डम्बर लिम्खिम मिसेकले प्रवास कतारको विभिन्न पदहरु रिक्त रहेको हुँदा उक्त पदहरुमा मनोनित गरिएको जनाएका छन् ।

विगत लामो समयदेखि कतारमा रहेर लिम्बुवान आन्दोलनलाई सक्रिय रुपमा रहेर सहयोग गर्नुहुने, साथै विभिन्न तहमा रहेर काम गरिसक्नु भएका सदस्यहरुलाई मनोनयन गरिएको हो ।

रिक्त पद उपाध्यक्षमा युवराज वेघा लिम्बु, सचीवमा मौसम लिङ्दम लुब्लिहाङ लिम्बू र अमिर लावती लिम्बु, सह–अर्थसचिवमा डिकलाल लिङ्दम लिम्बू र टीका मिभक लिम्बू, सचिवालय सदस्यमा तुलसी मिभक लिम्बू र श्रीहाङ जबेगु लिम्बु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा भबिन्द्र (ताङ्साहाङ), तुम्बापो लिम्बु, सुजन माबो लिम्बू, दिनेश केरुङ लिम्बु, युमन नेम्बाङ लिम्बु, नवीन ताम्लिङ लिम्बु, नवीन मादेन लिम्बु, असल नेम्बाङ लिम्बु, श्याम कुमार हुक्पाचोङ्बाङ लिम्बु, दिपेश सेनिहाङ लिम्बु, दुर्ग तुम्बाहाङ्फे लिम्बू, यातायात विभाग संयोजकमा खगेन्द्र राई, सहसंयोजकमा टीका मिभक मनोनित गरिएको बरिष्ठ उपाध्यक्षले जनाएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;