पाँचथर महासंघको साधारणसभाबाट ४ जना पत्रकार पुरस्कृत

 लिम्बुवान न्युज
                       

फिदिम। इगल एफ एम पाँचथरका स्टेसन म्यानेजर उपेन्द्र येक्तेनसहित पाँचथरका ४ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शुक्रवार बार्षिक साधारणसभा कार्यक्रमबाट पुरस्कृत भएका छन् । काम चलाउ सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

महासंघले शाखा सचिव तुलसी क्षितिजले पेस गरेको सांगठनिक र कोषाध्यक्ष भीमकुमार बाँस्कोटाले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै यस साधारण सभाबाट आपतकालीन राहत कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गर्दै १० लाख रुपैंयाँको अक्षयकोष रहने गरी तत्काल ५० हजारबाट आपतकालीन राहत कोष संचालनमा ल्याउने जनाएको छ । अध्यक्ष लवदेव ढुंगानाले १० हजार रुपैंयाँ उक्त कोषलाई प्रदान गर्नुभएको छ ।

कार्यक्रममा विशेष अतिथी फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल, पत्रकार महासंघका केन्द्रिय सदस्य द्धय सटेन्द्र जवेगु र गोपाल बराइलि, महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष सोननाथ सुशेलि, प्रदेश सदस्य सन्तोष रुचाल, गणेश सम्पाङ, विपेन्द्र गौतम त्यसैगरी महासंघ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र प्रयास लिम्वू, महासंघ पाँचथरका पूर्व अध्यक्ष प्रेम ओझाले पनि लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियोे । साधारण सभा पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेब ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

इगल एफ.एम.का स्टेसन म्यानेजर येक्तेन स्व. हरिचरण भद्रमाया वातावरण पुरस्कार २०७७ बाट पुरस्कृत भएका हुन भने स्व. हरिचरण भद्रमाया वातावरण पुरस्कार २०७६ पाँचथरका सञ्चारकर्मी शान्ति राईलाई प्रदान गरिएको छ । यसैगरि स्व.प्रजापति जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार जंगबहादुर तामाङ र स्व. प्रजापति जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिपक बोहोरा पुरस्कृत हुनुभएको छ । स्व. प्रजापति–जालपादेवी खेलकुद पत्रकार पुरस्कारको राशि १० हजार रहेको छ भने स्व. चरिचरण–भद्रमाया वातावरण पुरस्कारको राशि ५ हजार ५५५ रहेको छ । पुरस्कृत येक्तेन इगल एफ एमसँगै उज्यालो नाइन्टि नेटवर्क र प्राइम टेलिभिजनमा पनि आबद्ध रहनुभएको छ । उनी संघीय पत्रकार युनियनको जिल्ला अध्यक्ष समेत हुन् ।

पुरस्कृत ४ जनालाई भौतिक पुर्वधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्बाङले नगदसहित सम्मान पत्रद्धारा पुरस्कार प्रदान गर्नुभएको थियो । स्व.हरिचरण–भद्रमाया वातावरण पुरस्कार फिदिमका व्यावसायि नरेन्द्र अधिकारीले गरेका हुन् भने स्व. प्रजापति–जालपादेवी खेलकुद पत्रकार पुरस्कार फिदिमका व्यावसायि हरिप्रसाद नेपालले स्थापना गर्नुभएको हो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;