पाँचथर महासंघको साधारणसभाबाट ४ जना पत्रकार पुरस्कृत

,   लिम्बुवान न्युज
                       

फिदिम। इगल एफ एम पाँचथरका स्टेसन म्यानेजर उपेन्द्र येक्तेनसहित पाँचथरका ४ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शुक्रवार बार्षिक साधारणसभा कार्यक्रमबाट पुरस्कृत भएका छन् । काम चलाउ सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

महासंघले शाखा सचिव तुलसी क्षितिजले पेस गरेको सांगठनिक र कोषाध्यक्ष भीमकुमार बाँस्कोटाले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै यस साधारण सभाबाट आपतकालीन राहत कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गर्दै १० लाख रुपैंयाँको अक्षयकोष रहने गरी तत्काल ५० हजारबाट आपतकालीन राहत कोष संचालनमा ल्याउने जनाएको छ । अध्यक्ष लवदेव ढुंगानाले १० हजार रुपैंयाँ उक्त कोषलाई प्रदान गर्नुभएको छ ।

कार्यक्रममा विशेष अतिथी फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल, पत्रकार महासंघका केन्द्रिय सदस्य द्धय सटेन्द्र जवेगु र गोपाल बराइलि, महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष सोननाथ सुशेलि, प्रदेश सदस्य सन्तोष रुचाल, गणेश सम्पाङ, विपेन्द्र गौतम त्यसैगरी महासंघ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र प्रयास लिम्वू, महासंघ पाँचथरका पूर्व अध्यक्ष प्रेम ओझाले पनि लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियोे । साधारण सभा पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेब ढुङगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

इगल एफ.एम.का स्टेसन म्यानेजर येक्तेन स्व. हरिचरण भद्रमाया वातावरण पुरस्कार २०७७ बाट पुरस्कृत भएका हुन भने स्व. हरिचरण भद्रमाया वातावरण पुरस्कार २०७६ पाँचथरका सञ्चारकर्मी शान्ति राईलाई प्रदान गरिएको छ । यसैगरि स्व.प्रजापति जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार जंगबहादुर तामाङ र स्व. प्रजापति जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिपक बोहोरा पुरस्कृत हुनुभएको छ । स्व. प्रजापति–जालपादेवी खेलकुद पत्रकार पुरस्कारको राशि १० हजार रहेको छ भने स्व. चरिचरण–भद्रमाया वातावरण पुरस्कारको राशि ५ हजार ५५५ रहेको छ । पुरस्कृत येक्तेन इगल एफ एमसँगै उज्यालो नाइन्टि नेटवर्क र प्राइम टेलिभिजनमा पनि आबद्ध रहनुभएको छ । उनी संघीय पत्रकार युनियनको जिल्ला अध्यक्ष समेत हुन् ।

पुरस्कृत ४ जनालाई भौतिक पुर्वधार तथा यातायात मन्त्री बशन्तकुमार नेम्बाङले नगदसहित सम्मान पत्रद्धारा पुरस्कार प्रदान गर्नुभएको थियो । स्व.हरिचरण–भद्रमाया वातावरण पुरस्कार फिदिमका व्यावसायि नरेन्द्र अधिकारीले गरेका हुन् भने स्व. प्रजापति–जालपादेवी खेलकुद पत्रकार पुरस्कार फिदिमका व्यावसायि हरिप्रसाद नेपालले स्थापना गर्नुभएको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;