लिम्बुवान मञ्च दमकको बनभोज कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक।संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगर समितिले बनभोज कार्यक्रम आयोजना गरेको छ । इलाम चुलाचुली ५ को पर्यटकीय क्षेत्र चपेटीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लिम्बुवान मञ्च दमक नगरका अध्यक्ष याम लिम्बुले नगर समिति र वार्ड समितिका अगुवा नेता कार्यकर्ताहरुको उपस्थितिमा बनभोज गरिएको जनाएका छन् । नेता कार्यकर्ताहरु बिच भोटघाट, आपसी छलफल र अन्तरक्रिया गर्न सजिलो होस् भने सो कार्यक्रम आयोजना गरिएको हो –अध्यक्ष लिम्बुले बताउनु भयो ।

आज (शनिबार) आयोजित बनभोज कार्यक्रममा अत्यन्तै चिसो मौसम भएतापनि दमक नगर समिति र वार्ड समितिहरुबाट १ सयको हाराहारीमा नेताहरुको सहभागिता रहेको कार्यक्रम संयोजक लिम्बुवान मञ्च नगरका सचिवालय सदस्य सीता केरुङ् लिम्बुले बताइन् । उनले यो कार्यक्रमले नगरमा रहेका नेताहरु बिच चिनजान हुन थप सहज भएको बताइन् ।

बनभोज कार्यक्रममा दमकमा रहनु भएका मञ्चका केन्द्रीय नेताहरु उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनाम, उपमहासचिवहरु दिल कुमार लावती, भानु भट्टराई, सचिव विष्णु माया थापा भट्टराई, केन्द्रीय सदस्य चन्द्र कन्दङ्वा, लिम्बुवान भोलेन्टियर्सका उपकमाण्डर विजय मगर, जिल्ला उपाध्यक्ष नारायण तामाङ्, जिल्ला सदस्य प्रकाश धिमाल लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;