लिम्बुवान मञ्च दमकको बनभोज कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक।संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगर समितिले बनभोज कार्यक्रम आयोजना गरेको छ । इलाम चुलाचुली ५ को पर्यटकीय क्षेत्र चपेटीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लिम्बुवान मञ्च दमक नगरका अध्यक्ष याम लिम्बुले नगर समिति र वार्ड समितिका अगुवा नेता कार्यकर्ताहरुको उपस्थितिमा बनभोज गरिएको जनाएका छन् । नेता कार्यकर्ताहरु बिच भोटघाट, आपसी छलफल र अन्तरक्रिया गर्न सजिलो होस् भने सो कार्यक्रम आयोजना गरिएको हो –अध्यक्ष लिम्बुले बताउनु भयो ।

आज (शनिबार) आयोजित बनभोज कार्यक्रममा अत्यन्तै चिसो मौसम भएतापनि दमक नगर समिति र वार्ड समितिहरुबाट १ सयको हाराहारीमा नेताहरुको सहभागिता रहेको कार्यक्रम संयोजक लिम्बुवान मञ्च नगरका सचिवालय सदस्य सीता केरुङ् लिम्बुले बताइन् । उनले यो कार्यक्रमले नगरमा रहेका नेताहरु बिच चिनजान हुन थप सहज भएको बताइन् ।

बनभोज कार्यक्रममा दमकमा रहनु भएका मञ्चका केन्द्रीय नेताहरु उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनाम, उपमहासचिवहरु दिल कुमार लावती, भानु भट्टराई, सचिव विष्णु माया थापा भट्टराई, केन्द्रीय सदस्य चन्द्र कन्दङ्वा, लिम्बुवान भोलेन्टियर्सका उपकमाण्डर विजय मगर, जिल्ला उपाध्यक्ष नारायण तामाङ्, जिल्ला सदस्य प्रकाश धिमाल लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...