दमक। पूर्वकै व्यस्त निर्देशक किरण चाम्लिङको निर्देशनमा गायक रविन लिम्बुको स्वरमा “पिरतीको अनिकालैमा” गीत सार्वजनिक भएको छ । थैली इन्टरटेट्मेन्ट युट्युव च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
लामो समय वैदेशिक रोजगारमा बसेर स्वदेश फर्किएका रविनको नयाँ गीतमा दयाहाङ र सुजता थुलुङको अभिनय रहेको छ । कोरियाको बसाईलाई बिटमार्दै रविन अहिले काठमाडौं मै रेष्टुरेण्ट व्यवसाय गरेर बसेका छन् । गीतको मोह अझै नमरेको भन्दै दर्शकले रुचाए नयाँ सिर्जना फेरि गाउने उनले बताएका छन् ।
डिपि खनालको गीतलाई चर्चित संगीतकार ताराप्रकाश लिम्बुले संगीत भरेका छन् भने गीतमा अनु चौधरीले पनि लिम्बुलाई साथ दिएकि छन् । चन्द्र चौधरीको मिक्स मास्टरिङ रहेको उक्त गीत एकस्टिक नेपाल स्टुडियोमा राजु कार्कीले रकर्ड गरेका हुन् । पुर्वकै कुशल भिडियो छाँयाकार भुपेन्द्र तुम्बाहाम्फेले सुन्दर ढंगबाट गीतको छायाङकन गरेका छन् ।
दैनिक ज्यालादारी गर्नेहरुको कथालाई चित्रण गर्दै गीतको म्युजिक भिडियो निक्कै मार्मिक रुपमा बनेको निर्देशक राईले बताए ।
झापा। किरात लिम्बु जातिहरु साझा संस्था किरात याक्थुङ् चुम्लुङ् कनकाई नगर अध्यक्षमा प्रेम कुमार फोम्बो निर्वाचित भएका छन् । शनिबार कनकाई दुर्गापुरको सामुदायिक भवनको सभाहलमा सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।...
काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३...
लिम्बुवानखबर, १७ फागुन। जाडोयामको समाप्तीसँगै आजदेखि प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ...
कमल। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गरेका छन् । त्यसैगरी आजै झापाको कमल २ स्थित कमल खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरेका छन् । आजै...
हाम्रो बारेमा
प्रकाशक:
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–१, झापा
सूचना विभाग द.नं. २१४६/०७७-७८
सम्पर्क ठेगाना
टेलिफोन
फोन नं. ०२३-५८१८९१
ईमेल
Manggennapub.midiya2077@gmail.com
विज्ञापन शाखा
९८०७९२९१११
हाम्रो टीम
प्रवन्ध निर्देशक/संचालक
दिल कुमार लावती
९८४४६५८८४४