चुम्लुङ् झापाको अधिवेशन फागुन २८ र २९ मा हुने

 लिम्बुवान न्युज
                       

झापा । किरात याक्थुङ् चुम्लुङ झापाको ११ औ जिल्ला अधिवेशन आगामी फागुन २८ र २९ गते विर्तामोडमा हुने भएको छ । सोमबार बसेको नियमित जिल्ला कार्य समितिको बैठकले जिल्ला अधिबेशनको मिति तय गरेको हो ।

चुम्लुङ झापा जिल्लाले जिल्ला अन्तर्गतका नगर र गाउँ शाखाहरुले आगामी फागुन १५ गतेभित्र नगर वा गाउँ अधिवेशन सम्पन्न गरि सक्नुपर्ने समेत निर्णय गरिएको जिल्ला सह–सचिव कविन्द्र सेर्मा लिम्बुले जानकारी दिएका छन् ।

चुम्लुङको विधानत ३ वर्षमा जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान अनुरुप झापा जिल्लाको पनि कार्यवधि यहि फागुन दोस्रो साता सकिने भएकाले जिल्ला शाखालाई अध्यावधिक गर्दै लैजानका लागि समयमै जिल्ला अधिवेशन सम्पन्न गर्न लागिएको जिल्ला अध्यक्ष भक्त खेवाङ्ले जानकारी दिए ।

जिल्ला अधिबेशनका लागि यहि माघ मसान्तभित्र जिल्लाभित्रका साधारण सदस्य, आजीवन सदस्य, संरक्षक सदस्य र विशिष्ठ संरक्षक सदस्यहरुको यथार्थ संख्याको अध्यावधिक समेत गरिसक्ने निर्णय भएको कावा अध्यक्ष सेसेहाङ् फियाकले बताए ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...