दमकमा प्रचण्ड–माधव समूहको वृहत भेला सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, माघ ६ । प्रधानमन्त्री ओलीको गृहनगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको नगर स्तरीय बृहत भेला गरेको छ । उक्त कार्यक्रमलाई चर्चित महिला नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गरेकि छिन् । उनले संसद विघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छन् । आज आफूपक्षीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ झाँक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका उपलब्धिहरु प्रधानमन्त्री केपी ओलीका कारण गुम्ने खतरा रहेको बताएकी हुन् । उनले भनिन् “राजाले घुडा टेकेको मुलुकमा अब ओलीले पनि घुडा टेक्ने दिन आयो ।”

दमक ८ को बालुवाटार स्थित नेकपा दमक नगर कमिटीको पार्टी कार्यालयमा आज भएको नगरस्तरिय कार्यकर्ता भेलामा उनले लोकतन्त्र, गणतन्त्रसहितका परिवर्तन नै गुम्ने खतरा रहेकोले आन्दोलनमा लाग्नुको विकल्प नभएको धारणा राखिन् । प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद बिघटन गरेपछि नेपालको राजनैतिक परिवर्तन गुम्ने र परिवर्तनको रक्षा गर्ने भन्ने दुई बाटोमा पुगेको भन्दै नेतृ झाँक्रीले राजनीतिलाई सहि बाटोमा ल्याउन सडकबाट दबाब सिर्जना गर्न सबैलाई आग्रहसमेत गरिन् ।

हिजो ओलीले चुच्चे रेल, पानी जहाज र हावामा बिजुलीका हावादारी कुरा गर्दा ताली बजाएकै कारण आजको यो दुर्गती भोग्नु परेको भन्दै उनले कुनै योजना र अनुसन्धान बिना बोलिएका हावादारी कुरालाई हो भनिदिँदा र थप्पडी बजाईदिँदा ओलीको महत्वाकांक्षा बढेको टिप्पणी गरिन् ।

भेलामा नेकपाका अर्का केन्द्रीय सदस्य झापा इञ्चार्ज रविन कोइराला, सह इन्चार्ज धर्मशिला चापागाइँ, जिल्ला सचिव मणि राईले सम्बोधन गरेका थिए । नेकपा दमक नगर सचिव तिर्थराज बस्नेत शंकरको अध्यक्षतामा भएको कार्यक्रमले नगरस्तरीय संघर्ष समिति गठन गर्ने जनाईएको छ ।

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...