दमकमा प्रचण्ड–माधव समूहको वृहत भेला सम्पन्न

,   लिम्बुवान न्युज
                       

दमक, माघ ६ । प्रधानमन्त्री ओलीको गृहनगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको नगर स्तरीय बृहत भेला गरेको छ । उक्त कार्यक्रमलाई चर्चित महिला नेतृ रामकुमारी झाँक्रीले सम्बोधन गरेकि छिन् । उनले संसद विघटन गर्ने असंबैधानिक कदम नसच्चिए मुलुक अझै दुर्घटनामा जाने बताएकी छन् । आज आफूपक्षीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ झाँक्रीले नेपाली जनताले बलिदान दिएर ल्याएका उपलब्धिहरु प्रधानमन्त्री केपी ओलीका कारण गुम्ने खतरा रहेको बताएकी हुन् । उनले भनिन् “राजाले घुडा टेकेको मुलुकमा अब ओलीले पनि घुडा टेक्ने दिन आयो ।”

दमक ८ को बालुवाटार स्थित नेकपा दमक नगर कमिटीको पार्टी कार्यालयमा आज भएको नगरस्तरिय कार्यकर्ता भेलामा उनले लोकतन्त्र, गणतन्त्रसहितका परिवर्तन नै गुम्ने खतरा रहेकोले आन्दोलनमा लाग्नुको विकल्प नभएको धारणा राखिन् । प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद बिघटन गरेपछि नेपालको राजनैतिक परिवर्तन गुम्ने र परिवर्तनको रक्षा गर्ने भन्ने दुई बाटोमा पुगेको भन्दै नेतृ झाँक्रीले राजनीतिलाई सहि बाटोमा ल्याउन सडकबाट दबाब सिर्जना गर्न सबैलाई आग्रहसमेत गरिन् ।

हिजो ओलीले चुच्चे रेल, पानी जहाज र हावामा बिजुलीका हावादारी कुरा गर्दा ताली बजाएकै कारण आजको यो दुर्गती भोग्नु परेको भन्दै उनले कुनै योजना र अनुसन्धान बिना बोलिएका हावादारी कुरालाई हो भनिदिँदा र थप्पडी बजाईदिँदा ओलीको महत्वाकांक्षा बढेको टिप्पणी गरिन् ।

भेलामा नेकपाका अर्का केन्द्रीय सदस्य झापा इञ्चार्ज रविन कोइराला, सह इन्चार्ज धर्मशिला चापागाइँ, जिल्ला सचिव मणि राईले सम्बोधन गरेका थिए । नेकपा दमक नगर सचिव तिर्थराज बस्नेत शंकरको अध्यक्षतामा भएको कार्यक्रमले नगरस्तरीय संघर्ष समिति गठन गर्ने जनाईएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;