दमक, माघ ६। झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।
गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृत जीवराज भट्टराईले दिएको जानकारी अनुसार अध्यक्ष पदका अर्का प्रत्यासी बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनको मत परिणाम अनुसार राईले २४९ मत पाएका थिए भने उपविजेता गौतमले ८४ मत पाएका थिए । सचिव पदमा सञ्जयकुमार कुमालले २२१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सुखराज लिम्बुले ११० मत पाएका छन ।
उपाध्यक्षमा उषा भण्डारी, सहसचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका छन । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ, ओमकुमार प्रधान, चन्द्रबहादुर कार्की, पिताम्बर खडका, रणबहादुर बराइली र भक्तबहादुर कार्की तथा लेखा सदस्यद्धयमा निर्वाचित भएका छन् । संस्थाको कार्यालयमा सोमबार सम्पन्न भएको मतदानको मतगणना मध्यरातमा मात्र सकिएको थियो ।
Related