प्रदेश १ को प्रदेशसभा बैठक आजबाट शुरु

,   लिम्बुवान न्युज
                       

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात प्रदेश नं. १ मा आज प्रदेशसभाको बैठक शुरु हुने भएको छ । विवादका बीच शुरु हुने बैठकलाई ध्यानमा राख्दै सदस्यहरु बस्ने कुर्सीमा समेत फलामको पाता वेइल्डिङ् गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसैगरी सुरक्षा सतर्कतालाई ध्यानमा राखेर मर्यादा पालकको संख्या समेत थप गरेको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ । नेकपाका दुई समूहले एकले अर्कोलाई कारवाही गरेर दलको नेतासम्म फेर्ने घोषणा गरेका छन् । तर, बैठक स्थलमा भने नेकपाका दुई अलग समूहका लागि एकै हारमा कुर्सीको व्यवस्था गरिएको छ । अहिलेसम्म नेकपा एउटै पार्टी रहेकोले सबै सांसदलाई सत्तापक्षकै लाइनमा राख्ने प्रबन्ध गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, त्यसपछि जनता समाजवादी पार्टी अनि राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् बस्ने कुर्सीको प्रबन्ध गरिएको सचिवालयले जनाएको छ ।

 

प्रदेशसभा बैठक सञ्चालन हुनुअगावै सभामुख प्रदीपकुमार भण्डारीले उत्पन्न वर्तमान परिस्थिति र कानुनी व्यवस्थाबारे कानुन व्यवसायीसँग पनि छलफल गरेका छन् । भण्डारीले भने, “संविधानद्वारा प्रदेशलाई प्रदत्त अधिकार र प्रदेशसभा नियमावलीअनुसार नै बैठक सञ्चालन हुनेछ । राजनीतिक रुपमा उठेका विवादको निरुपण गर्ने जिम्मा भने राजनीतिक दलको हो ।”

प्रदेश–१ मा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएकजना सांसद् छन् । नेकपाको विवादपछि भने सांसद् संख्याको वषयमा दुवै समूहले आफूसँग बढी भएको भन्दै फरक–फरक दाबी प्रस्तुत गरिरहेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;