प्रदेश १ को प्रदेशसभा बैठक आजबाट शुरु

 लिम्बुवान न्युज
                       

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात प्रदेश नं. १ मा आज प्रदेशसभाको बैठक शुरु हुने भएको छ । विवादका बीच शुरु हुने बैठकलाई ध्यानमा राख्दै सदस्यहरु बस्ने कुर्सीमा समेत फलामको पाता वेइल्डिङ् गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसैगरी सुरक्षा सतर्कतालाई ध्यानमा राखेर मर्यादा पालकको संख्या समेत थप गरेको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ । नेकपाका दुई समूहले एकले अर्कोलाई कारवाही गरेर दलको नेतासम्म फेर्ने घोषणा गरेका छन् । तर, बैठक स्थलमा भने नेकपाका दुई अलग समूहका लागि एकै हारमा कुर्सीको व्यवस्था गरिएको छ । अहिलेसम्म नेकपा एउटै पार्टी रहेकोले सबै सांसदलाई सत्तापक्षकै लाइनमा राख्ने प्रबन्ध गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेस, त्यसपछि जनता समाजवादी पार्टी अनि राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् बस्ने कुर्सीको प्रबन्ध गरिएको सचिवालयले जनाएको छ ।

 

प्रदेशसभा बैठक सञ्चालन हुनुअगावै सभामुख प्रदीपकुमार भण्डारीले उत्पन्न वर्तमान परिस्थिति र कानुनी व्यवस्थाबारे कानुन व्यवसायीसँग पनि छलफल गरेका छन् । भण्डारीले भने, “संविधानद्वारा प्रदेशलाई प्रदत्त अधिकार र प्रदेशसभा नियमावलीअनुसार नै बैठक सञ्चालन हुनेछ । राजनीतिक रुपमा उठेका विवादको निरुपण गर्ने जिम्मा भने राजनीतिक दलको हो ।”

प्रदेश–१ मा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएकजना सांसद् छन् । नेकपाको विवादपछि भने सांसद् संख्याको वषयमा दुवै समूहले आफूसँग बढी भएको भन्दै फरक–फरक दाबी प्रस्तुत गरिरहेका छन् ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...