नेपाल र इजरायलबीच रोजगारीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुँदै

,   लिम्बुवान न्युज
                       

८ माघ, काठमाडौं । नेपाल र इजरायलबीच भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ हुने भएको छ । आज दुई देशका अधिकारीबीच गत असोजमा भएको सम्झौता कार्यान्वयनका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर हुने भएको हो ।

आज हुने प्रोटोकल हस्ताक्षरमा नेपाल सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अब यो हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुल्ला हुने र पहिलो चरणमा ५०० जना नेपाली युवाले रोजगारीका लागि इजरायल जाने बताइएको छ । यसरी जाने युवाले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा काम गर्नेछन् । उनीहरुले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् ।

दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेभएको हुँदा इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

इजरायललाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यका रुपमा लिइन्छ । सामाजिक सुरक्षा तथा श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ ।

इजरायलमा हाल करिब २ हजार ५०० को संख्यामा रहेको नेपाली दुतावासले जनाएको छ । हाल इजरायलले नेपाली कामदार लैजान बन्द गरेको थियो तर अब इजरायलले पछिल्लो समयमा नेपाली श्रमिक लैजाने चाहना गरेको हो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ ।

नेपाल र इजरायलबीच गत असोज १४ गते इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा नेपालका तर्फबाट नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरालयका तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गावी अस्खेनाजीले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

;