शिक्षक हत्या ओरोपी विप्लप समूहको मोरङ् जिल्ला इन्चार्ज पक्राउ

 लिम्बुवान न्युज
                       

मोरङ, ८ माघ । मोरङको मिक्लाजुङ गाँउपालिकामा शिक्षकको हत्या आरोपमा नेत्रबिक्रम चन्द विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित घरमा बसिरहेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा धनबहादुर विकलाई बुधबार अनुसन्धानका लागि पक्राउ गरिएको हो । विकलाई मोरङको बुढीगंगा गाँउपालिका–४ बाट अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको उनले बताए ।

विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका लागि उद्योगी व्यापारीबाट चन्दा संकलनका लागि मोटरसाइकलमा आउँदै गर्दा ३२ वर्षीय विकलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका ५४ वर्षीय श्रेष्ठको हत्यामा विकसहित अन्य पाँचजनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । विकका साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल सहित उक्त हतियारमा लाग्ने म्याजिन र तीन राउण्ड गोलीसमेत बरामद गरेको छ । त्यसैगरि ११ वटा सिमकार्डसँगै विकको साथबाट चारवटा मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...