शिक्षक हत्या ओरोपी विप्लप समूहको मोरङ् जिल्ला इन्चार्ज पक्राउ

 लिम्बुवान न्युज
                       

मोरङ, ८ माघ । मोरङको मिक्लाजुङ गाँउपालिकामा शिक्षकको हत्या आरोपमा नेत्रबिक्रम चन्द विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित घरमा बसिरहेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा धनबहादुर विकलाई बुधबार अनुसन्धानका लागि पक्राउ गरिएको हो । विकलाई मोरङको बुढीगंगा गाँउपालिका–४ बाट अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको उनले बताए ।

विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका लागि उद्योगी व्यापारीबाट चन्दा संकलनका लागि मोटरसाइकलमा आउँदै गर्दा ३२ वर्षीय विकलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका ५४ वर्षीय श्रेष्ठको हत्यामा विकसहित अन्य पाँचजनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । विकका साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल सहित उक्त हतियारमा लाग्ने म्याजिन र तीन राउण्ड गोलीसमेत बरामद गरेको छ । त्यसैगरि ११ वटा सिमकार्डसँगै विकको साथबाट चारवटा मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...