जसपाका केन्द्रीय सदस्य नेम्बाङ् पितृ शोकमा

 लिम्बुवान न्युज
                       

दमक,९ माघ। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ । नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराती १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।

बिगत केहि बर्ष देखि मुटु रोग सम्बन्धि समस्याका कारण उपचाररत उनी गत कार्तिकमा मात्र बेलायतदेखि नेपाल आएका थिए । राजनीति बाहेक दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य लगायतका विभिन्न सामाजिक कार्यमा सक्रिय देउकुमार स्व.नेम्बाङका कान्छा छोरा हुन् । पान्थर चिलिङदिन ५, पात्लेमा जन्मिएका स्व. नेम्बाङका दुई छोरा र पाँच छोरीहरु छन् ।

उनको पार्थिब शरीरको आज शुक्रवार मध्यान्ह १२ः३० बजे नै कमल गाउँपालिका ५ स्थित साबित्रा चौक उत्तरको समाधिस्थलमा अन्त्येष्टि हजारौंको उपस्थितिमा अन्त्येष्टि गरिएको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;