राष्ट्रिय बहुमुखी सहकारीको माघ १६ र १७ मा सहकारी शिक्षा प्रशिक्षण हुने

,   लिम्बुवान न्युज
                       

दमक, ९ माघ । झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले संस्थागत क्षमता अभिबृद्धि गराउने उद्देश्यले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आज संस्थाको कार्यालयमा बसेको शिक्षा उपसमितिको बैठकले यहि माघ १६ र १७ गते दुई दिवसीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको व्यवस्थापक कृष्ण गोलेले वताएका छन् ।

प्रशिक्षणमा सहकारीको उद्देश्य, लेखा पद्दति र यस सम्बन्धि कानुनका बारेमा विषयगत प्रशिक्षकले सहजीकरण गर्ने गोलेले वताए ।

शिक्षा उपसमितिका संयोजक दिपेनवाला राईको अध्यक्षतामा बसेको बैठकले संस्थामा आवद्ध सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको सहकारीका बारेमा थप अभिमुखीकरण गराउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

संस्थाको आफनै सभाहलमा सञ्चालन हुने तालिममा तीन दर्जन बढीको सहभागिता रहने जनाईएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहजीकरण गर्ने छन् ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;